चन्द्रागिरी हिल्स, बिशाल बजार लगायत ५१ कम्पनी जोखिममा रहेको धितोपत्र बोर्डको सूचीमा, सचेत भएर लगानी गर्न आग्रह

चन्द्रागिरी हिल्स, बिशाल बजार लगायत ५१ कम्पनी जोखिममा रहेको धितोपत्र बोर्डको सूचीमा, सचेत भएर लगानी गर्न आग्रह

  • मङ्लबार, असार १, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाण्डौ असार १। नेपाल धितोपत्र बोर्डले सूचीकृत ५१ वटा संगठित संस्थालाई जोखिमयुक्त कम्पनीमा राखेर विस्तृत अध्ययन प्रक्रिया अगाडि बढाएको छ ।
धितोपत्र बोर्डले आज एक विज्ञप्ति जारी गर्दै विभिन्न सूचकका आधारमा जोखिमयुक्त देखिएको ५१ कम्पनीलाई छनोट गरी प्रारम्भिक अध्ययन गरिएको जनाएको छ। हाल ती कम्पनीहरुको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङलगायत धितोपत्रसम्बन्धी कसूरका सम्बन्धमा समेत विस्तृत अध्ययन कार्य अगाडि बढाइएको धितोपत्र बोर्डले जनाएको छ।

बोर्डले विगत एक वर्ष अवधिमा सूचीकृत संगठित संस्थाहरुको मूल्यवृद्धि ३०० प्रतिशत र सोभन्दा बढी प्रतिशतले वृद्धि भएका, मूल्य आम्दानी अनुपात १०० र सोभन्दा बढी भएका, प्रतिसेयर आम्दानी ऋणात्मक भएका, प्रतिसेयर अंकित मूल्यभन्दा प्रतिसेयर नेटवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमताको मूल्यांकनसमेतका आधारमा हाल जोखिमयुक्त देखिएका ५१ वटा कम्पनीहरु छनोट गरेको थियो।
बोर्डबाट गरिएको प्रारम्भिक अध्ययनबाट सम्बन्धित संगठित संस्थाका सम्बन्धमा लगानीकर्ताले समेत आवश्यक जानकारी प्राप्त गरी लगानीसम्बन्धी निर्णय गर्न उचित हुने देखिएकोले हाललाई त्यस्ता जोखिमयुक्त कम्पनीहरुको परिसूचकरवितरण लगानीकर्ताहरुलाई जानकारी गराउनका लागि सार्वजनिक गरिएको विज्ञप्तिमा जनाइएको छ।
बजारमा लगानी गर्दा सचेत भएर लगानी गर्न पनि बोर्डले अपील गरेको छ ।

https://www.mirmireonline.com/wp-content/uploads/2021/06/sebon-list.pdf

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ