प्रदेश १ को बजेट ३२ अर्ब ४६ करोड ९२ लाख ( पूर्ण पाठ सहित )

प्रदेश १ को बजेट ३२ अर्ब ४६ करोड ९२ लाख ( पूर्ण पाठ सहित )

  • मङ्लबार, असार १, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८र८९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट प्रस्तुत गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले आज प्रदेशसभा बैठकमा बजेट पेस गरेका हुन ।

चालु आर्थिक वर्षका लागि सरकारले ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट प्रदेश ल्याएको थियो । तर, उक्त बजेट करिब २८ अर्बमा खुम्चिएको अनुमान मन्त्री आङ्बुहाङले गरे ।

गतवर्षको भन्दा करिब आठ अर्ब कमको बजेट प्रदेश सरकारले ल्याएको हो । बजेटमा चालुतर्फ १४ अर्ब १६ करोड १५ लाख र पूजिगततर्फ १५ अर्ब ५ करोड ३५ लाख बजेट विनियोजन गरिएको छ । यस्तै स्थानीय तहतर्फको वित्तीय हस्तान्तरणका लागि ३ अर्ब २२ करोड ४२ लाख विनियोजन गरिएको छ भने वित्तीय व्यवस्थातर्फ ३ करोड विनियोजन गरिएको छ ।

सरकारले आन्तरिक स्रोतबाट ४ अर्ब ९ करोड ७७ लाख र राजश्व बाँडफाँटबाट रु ९ अर्ब ८१ करोड ६६ लाख प्राप्त हुने अनुमान प्रस्तुत गरेको हो । यस्तै चालु वर्षको २ अर्ब बचत हुने अनुमान छ ।
बजेटको पूर्ण पाठ हेर्नुस् :

https://www.mirmireonline.com/wp-content/uploads/2021/06/for-mantri.pdf

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ