इन्धन ढुवानी गर्ने ट्यांकर चालकलाई कोरोना खोप दिने सहमतिपछि आन्दोलन फिर्ता

इन्धन ढुवानी गर्ने ट्यांकर चालकलाई कोरोना खोप दिने सहमतिपछि आन्दोलन फिर्ता

  • मङ्लबार, असार १, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

१ असार, काठमाडौं । इन्धन ढुवानी गर्ने ट्यांकरका चालकहरुलाई बुधवारदेखि कोरोनाविरुद्धको खोप दिन सरकार सहमत भएपछि आन्दोलन फिर्ता भएको छ ।

नेपाल आयल निगम र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच भएको वार्तामा ट्यांकर चालकलाई खोप उपलब्ध गराउने सहमति भएको संघका अध्यक्ष ईश्वर लामाले बताए ।

सरकार र संघबीचको सहमतीमा बुधबारबाट एपीएफ अस्पताल बलम्बुमा खोप लगाउने सहमति भएको छ । बागमती प्रादेशिक डिपो कार्यालय थानकोटका ट्यांकर चालक र सहचालकलाई निगमले उपलब्ध गराएको परिचयपत्रको आधारमा खोप लगाउने सहमति भएको उनले बताए । सहमतिअनुसार थानकोट डिपो र त्यहाँबाट प्रदेशभरि तेल ढुवानी गर्ने ९०० जना चालक तथा सहचालकले कोरोना खोप पाउनेछन् ।

यस्तै अमलेखगञ्जका झण्डै १ हजार ४०० चालक–सहचालकलाई उतै खोप दिने सहमति भएको छ ।

आन्दोलित ट्यांकर चालक तथा सहचालकलाई खोप लगाउने विषयमा सहमति भएको र केहीबेरमा विस्तृत विवरण सार्वजनिक हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
कोरोनाविरुद्धको खोप नपाएको भन्दै नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आह्वानमा बागमती प्रदेशभर आइतबारदेखि पेट्रोलियम पदार्थको ढुवानी अवरुद्ध गरेर आन्दोलनमा उत्रिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ