नीति तथा कार्यक्रम पारित नभई स्थगित भयो कर्णाली प्रदेशसभा

नीति तथा कार्यक्रम पारित नभई स्थगित भयो कर्णाली प्रदेशसभा

  • मङ्लबार, असार १, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

कर्णाली, १ असार । कर्णाली प्रदेशसभाको सोमबारको बैठकमा प्रदेश सरकारले सरकारको आर्थिक वर्ष २०७८/ ७९ का लागि प्रस्तुत गरेकोे वार्षिक नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची थियो । आज असार १ गते नयाँ बजेट ल्याउनुपर्ने प्र्रदेश सरकारलार्ई संंवैधानिक बाध्यता छ तर नीति तथा कार्र्यक्रममाथिकोे छलफल सकिए पनि मुख्यमन्त्रीले जवाफ दिने र पारित गर्ने निर्धारित कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगन भयो ।

सांसदहरुले छलफलमाा भाग लिएलगत्तैै सभामुख राजबहादुर शाहीले बैठक असार १ गते दिउँँसो एक बजेसम्मका लागि स्थगन भएको घोषणा गर्नुभयो । सभामुख शाहीले दलीय सहमतिअनुसार बैठक स्थगन गरेको बताउनुभयो । सर्वोच्च अदालतले फ्लोरक्रस गरेर मुख्यमन्त्री महेन्द्र्रबहादुर शाहीलाई विश्वासको मत दिने एमालेका चार सांसदलाई पुनःबहाली अन्तरिम आदेश दिएपछि सत्तापक्ष र प्रमुख प्रतिपक्षी दुुवै सकसमा छन् । अदालतको पत्रअनुसार सभामुखले सोमबारको बैठकमा प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा नेकपा एमाले प्रदेश संसदीय दलको सदस्यको हैसियतमा कायम रहने घोषणा गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी