सात वटै प्रदेशहरुले आज बजेट ल्याउदै

सात वटै प्रदेशहरुले आज बजेट ल्याउदै

  • मङ्लबार, असार १, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

१ असार, काठमाडौं । कोरोना महामारी र राजनीतिक उथलपुथलका बिच पनि मुलुकका सात वटै प्रदेशहरुले आज बजेट ल्याउदैछ ।

असार १ गते प्रदेशको बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यताको कारण प्रदेश सरकारले बजेट निर्माणको काम सकाएका छन् ।

धेरैजसो प्रदेशले चालु वर्ष विनियोजन गरिएकै योजनामा खर्च बढाएका छैनन् । आन्तरिक स्रोत सुदृढ पार्न नसकेका प्रदेश सरकारहरू यो वर्ष बजेट बढाउन असमर्थ हुने सम्भावना छ ।

प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८/ ७९ का लागि कोरोना महामारीलाई केन्द्रित गरेर करिब साढे ३५ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । प्रदेश २ ले यही वर्षको हाराहारीमा ३३ अर्ब आसपासको बजेट ल्याँउदैछ ।

बागमती प्रदेशले ५५ अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । चार दिन अघिमात्रै सत्ता फेरिएको गण्डकी प्रदेशमा ३२ अर्ब हाराहारीको बजेट ल्याउने तयारी छ ।

लुम्बिनी प्रदेश सरकारले ३९ अर्ब हाराहारीको बजेट ल्याउँदैछ । कर्णाली प्रदेश र सुदुपश्चिम प्रदेशले करिब ३० अर्बको हाराहारीमा बजेट ल्याउने बुझिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी