ऐतिहासिक उचाईमा शेयर बजार, नेप्से ३ हजार बिन्दुमाथि

ऐतिहासिक उचाईमा शेयर बजार, नेप्से ३ हजार बिन्दुमाथि

  • सोमवार, जेष्ठ ३१, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

काठमाडौं । पछिल्लो समय निरन्तर बढीरहेको शेयर बजारले ऐतिहासिक उचाई चुमेको छ । नेप्से परिसूचकले सोमबार ४२.७२ अंकले बढेर ३०२५.८३ अंकमा आइपुगेको हो ।

नेप्सेमा भारी वृद्धिसँगै कारोबारमा पनि उस्तै व्यापक उत्साह छ। सोमबार १८ अर्ब ८८ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ । यत्रो बजार बढीरहेका बेला पनि खरीद विक्री उच्च स्तरमै हुनुले बजार स्थीर विकासतिर गएको देख्न सकिन्छ ।

कोरोना जोखिम, लकडाउन र राजनीतिक अन्योललाई समेत बेवास्ता गर्दै सेयर बजारमा पछिल्ला दिनमा निरन्तर उकालो लागिरहेको छ ।

सोमवार सर्वाधिक रकमको कारोबारको हिस्सा अरुणभ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले ओगटेको छ । उक्त कम्पनीको रू। ६२ करोड ५९ लाख ९३ हजार बराबरको शेयर कारोबार भएको हो ।

सर्वाधिक रकमको कारोबार भएको कम्पनीको शेयरमूल्य भने यो दिन ४ दशमलव ७० प्रतिशत घटेर रू। ५४७ कायम भएको छ । अघिल्लो कारोबार दिनको भन्दा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू। २७ ले घटेको हो ।

यस दिन एक दर्जन कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेर कारोबार भएको छ । नेपाल इन्स्योरेन्स, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र घलेम्दी हाइड्रोपावर कम्पनीको शेयरमूल्य यस दिन १० प्रतिशतले बढेको छ ।

त्यस्तै ङदी ग्रुप पावरको ९ दशमलव ९८ प्रतिशत, ओरियण्टल होटलको ९ दशमलव ९६ प्रतिशत, सीईडीबी हाइड्रोपावरको ९ दशमलव ९६ प्रतिशत, तारागाउँ रिजेन्सी होटलको ९ दशमलव ९५ प्रतिशत, युनियन हाइड्रोपावरको ९ दशमलव ८५ प्रतिशतले बढेको छ ।

यसैगरी हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमण्ट एण्ड डेभलपमेण्ट कम्पनीको ९ दशमलव ८१ प्रतिशत, सोल्टी होटलको ९ दशमलव ७७ प्रतिशत र हिमालयन डिष्टिलरीको ९ दशमलव ७० प्रतिशत मूल्य बढेको छ ।

दोहोरो उच्च अंकले बढेको दिन सोमवार सबैभन्दा बढी शेयरमूल्य माउण्टेन हाइड्रो नेपालको घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू२१ ले घटेर अन्तिम मूल्य ३९८ मा झरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ