भ्रष्टाचारको बिरुद्ध उत्रिएको भन्दै केही समययता सामाजिक सञ्जालमा चर्चा बटुलेका ज्ञानेन्द्र शाही र उनको समुहले सुर्खेतमा राहत वितरण गर्ने नाममा रक्सी सेवन गरेर मध्यरातमा मजदुरसँग झगडा गरेको खुलेको छ । मदिरा सेवन गरेको पुष्टीभएसँगै दुबै पक्षले माफी मागेर प्रहरीमा मिलापत्र गरेका छन् ।
शुक्रबार राति सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१३ स्थित करेखोलामा स्थानीय गाउँलेसँग राती ९ देखि २ बजेसम्म भिडन्त गरेका सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीको टोलीले मापसे गरेको प्रमाणित भएको छ । सोही राती अस्पतालमा उपचारको क्रममा प्रहरीले गरेको मापसे चेक जाँचमा ब्रेथलाइजरले उक्त पुष्टि गरेको हो ।
मापसे पुष्टी हुनुका साथै स्थानीयवासी समेत ज्ञानेन्द्र शाहीको पक्षमा मात्रै सरकार लागेको सत्य तथ्य नबुझेको भन्दै आन्दोलित बनेका थिए ।
पछिल्लो समय राहत वितरणका नाममा थुप्रो पैसा संकलन गर्दै आएका शाहीले महंगा गाडी र विलासी जीवन विताउन थालेको भन्दै उनको विरुद्ध आवाज समेत उठ्न थालेको छ ।
यो सामाजिक अभियान हो कि ज्ञानेन्द्र शाहीको व्यवशाय हो ? एक स्थानीयले प्रश्न गरे ।
उनीहरुको मिलापत्र पछि हिरासतमा रहेका युवाहरु छुटेका छन् । झडगामा उत्रिएर कुटाकुट गर्ने युवाले पनि माफी मागेपछि दुबैतर्फबाट मिलापत्र भएको हो । शाहीको समुह अहिले सुर्खेतको होटलमा बसेको बताईएको छ ।