प्रदेश एक का मुख्यमन्त्री शेरधन राईले कोशी नदीको खुवालुङ ढुंगा फुटाउन नदिने र यसको संरक्षण गर्ने प्रतिवद्धता जनाएका छन् । संघीय सरकारले जलयातायत सञ्चालनमा अवरोध भएको भन्दै यो ढुंगा फुटाउने योजना ल्याएपछि यसको चर्को बिरोध हुँदै आएको छ ।
आज प्रदेश संसदको बैठकमा बोल्दै मुख्यमन्त्री राईले किरात समुदायको संस्कृतिसँग, मन्धुम र सभ्यतासँग जोडिएको ढुङ्गा फुटाउन नसकिनेमा जोड दिए ।
धनकुटा, भोजपुर र उदयपुर जिल्लाको सीमानामा अरुण, तमोर र दूधकोशीको संगममा रहेको ठूलो ढुंगा खुवालुङको नामले प्रसिद्ध छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline