उपत्यकामा निषेधाज्ञा थप एक साता लम्ब्याउने निर्णय, गाडी बन्दै रहने, पसल अलि बढी समय खुल्ने
कोरोना महामारी नियन्त्रणका लागि भन्दै गत बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा थप एक साता लम्ब्याउने निर्णय भएको छ । भोलीदेखि निषेधाज्ञा सकिनु अघि आज उपत्यकाका तीनै जिल्लाका सिडिओहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
तर निषेधाज्ञा केही खुकुलो पारिएको भनिए पनि यातायात भने बन्दै रहने छ ।
बिहान ९ बजेसम्म सञ्चालन हुँदै आएका खाद्यन्न पसल अब बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइने बताईएको छ ।
बिहान ११ बजेसम्म पुस्तक पसल पनि सञ्चालन गर्न दिने निर्णय भएको छ। हार्डवेर पसल दिउँसो ४ बजेपछि खुल्ला गर्न दिने पनि निर्णय भएको छ ।
यस्तै मल, बीउ ढुवानीलगायत कृषिका काममा सहजीकरण गर्ने पनि निर्णय भएको छ।
यो निषेधाज्ञा असार सात गते मध्यराति सम्म कायम रहनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline