जेठ ३०, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार शेयर बजारले पुनः गति लिएको छ । नेप्से तीन हजार बिन्दुतिर लम्किन थालेको छ ।
गत बिहीवार १ दशमलव ८० अंकले घटेर २ हजार ९४४ दशमलव ७८ विन्दुमा बन्द भएको बजार आइतवार २ हजार ९८३ दशमलव ११ विन्दुमा पुगेको छ ।आज ३८ दशमलव ३२ अंकले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
आइतवार कारोबार रकमले पनि फेरी रेकर्ड ब्रेक गरेको छ । यसअघि जेठ २३ गते भएको रू. १७ अर्ब २७ करोड १७ लाख ८७ हजार बराबरको सर्वाधिक रकमको कारोबारलाई ब्रेक गर्दै आइतवार रू. १९ अर्ब ५५ करोड १ लाख ६६ हजार बराबरको शेयर कारोबार भएको छ । यस दिन उक्त रकम बराबरको ३ करोड ७० लाख ७६ हजार ४३९ कित्ता शेयर कारोबार भएको छ । यस दिन सर्वाधिक रकमको शेयर कारोबार अरुणभ्याली हाइड्रोपावरको भएको छ । उक्त कम्पनीको रू. ७२ करोड २९ लाख ७६ हजार बराबरको शेयर कारोबार भएको हो ।
नेप्सेले ऐतिहासिक विन्दु कायम गरेको दिन पाँच ओटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स, समृद्धि फाइनान्स, आइसीएफसी फाइनान्स, कर्णाली डेभलपमेण्ट बैंक र सिन्धु विकास बैंकको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यी वाहेक अन्य ३९ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।