कोभिड १९ को दोस्रो लहरका कारण जारी निषेधाज्ञाको समयमा अन्तर बैंक रकम कारोबारले आम मानिसमा धेरै सहजता ल्याउनुको साथै यसका प्रयोगकर्ता पनि बढेका छन् । निषेधाज्ञाको समयमा बैक तथा वित्तीय संस्था बन्द भएपछि अन्तरबैंक कारोबारले धेरैका लागि सहजता ल्याएको हो । निषेधाज्ञामा एकातिर बैंक तथा वित्तीय संस्थाका शाखा बन्द हुनु अर्कातिर एटिएम बुथ वा खुलेका कतिपय काउन्टरमा जान पनि प्रहरीले रोक्ने अवस्था आएपछि मासिनसहरु अन्तरबैंक कारोबार मार्फत कारोबार गरिरहेका छन् । निषेधाज्ञाका सुरुका दिनमा एटिएमबाट पैसा झिक्ने क्रम बढेको देखिएपनि पछिल्ला दिनमा मानिसहरु अन्तर बैंक रकम ट्रान्स्फर मार्फत कारोबार गर्न थालेका हुन् । अघिल्लो लकडाउनमा भन्दा अहिलेको निषेधाज्ञामा अन्तर बैंक कारोबार गर्नेहरुको संख्या बढेको अन्तरबैंक कारोबारको सुविधा दिएको फोनपेका प्रमुख टेक्निकल अफिसर दिवस सापकोटाले बताउनुभयो ।‘निषेधाज्ञामा सामान्य अवस्थामा जस्तो आर्थिक गतिविधि नहुने भएपनि अघिल्लो लकडाउनमा भन्दा यसपटक अन्तरबैंक कारोबार गर्ने संख्यामा उलेख्य वृद्धि देखिएको छ’– सापकोटाले भन्नुभयो ।
अन्तर बैक रकम ट्रान्स्फर मार्फत कारोबार गर्ने बढेसँगै बैंकहरु पनि पहिलेजस्तो दैनिक मात्रामा एटिएम बुथहरूमा रकम राख्नु पर्ने कुरामा कमी आएको बताउँछन् । अहिले पनि अनलाइन सपिङ, सेयर बजार जस्ता कारोबार सुचारू छन् । यस्तै मानिसले विभिन्न सम्पर्क मार्फत आफ्ना कारोबार गरिरेहको हुँदा उनीहरुका लागि भुक्तानीका लागि फोनपेले सहजता ल्याइदिएको छ । अन्तरबैंक रकम ट्रान्स्फर (आइबिएफटी) सेवाले आम मानिसलाई घरमै बसेर वित्तीय कारोबार गर्न तथा रकम लेनदेन गर्न सहज भएको छ ।
फोनपे फटाफटबाट यसरी सजिलै गर्न सकिन्छ कारोबार
फोनपेले क्यूआर सेवाका अलावा अन्तरबैंक रकम ट्रान्स्फर (आइबिएफटी) सेवा पनि दिँदै आएको छ । फोनपे मार्फत रकम पाउने व्यक्तिको मोबाईल नम्बर मात्रै राखेर सहजै रकम पठाउन सकिने भएकाले पनि फोनपे धेरै व्यक्तिको रोजाइमा पर्न सफल भएको हो । फोनपे मार्फत जुनसुकै बैंकमा पैसा पाउने व्यक्तिको खाता भएको बैंकको नाम र प्रापकको मोबाईल नम्बर राखेर सहजै रकम पठाउन सकिन्छ । फोनपेमा नेपालका अधिकांश बैंक तथा वित्तीय संस्था आबद्ध छन् । नेपालमा रहेका १ करोड ४० लाख भन्दा बढि व्यक्तिले आफ्नो मोबाईल बैंकिङको प्रयोग गरि फोनपे मार्फत अन्तर बैंक कारोबार गर्न सकिन्छ ।