बोलेरो अनियन्त्रीत भई सडकबाट २०० मिटर तल खस्दा १ जनाको मृत्यु, ३ जना घाईते

बोलेरो अनियन्त्रीत भई सडकबाट २०० मिटर तल खस्दा १ जनाको मृत्यु, ३ जना घाईते

  • आइतवार, जेष्ठ ३०, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES
file photo

उदयपुर, जेष्ठ ३० गते । उदयपुर ताप्ली गाउपालिका ४ पोखरी स्थितको कच्ची सडकमा शनिबार बेलुका साढे ७ बजे लहानबाट लखनडाँडा तर्फ मिलको मेशिन बोकेर जादै गरेको बा१८च १५६७ नम्वरको वोलेरो गाडी आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी २०० मिटर तल खस्दा बोरेलोमा सवार ४ जना मध्ये १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । मृत्यु हुनेमा सिन्धुली दुधौली नगरपालिका १० का ६० बर्षीय इन्द्र वहादुर बि.क. रहेका छन् ।

सो दुर्घटनामा उदयपुर कटारी नगरपालिका १० का बोलेरो चालक ३५ बर्षीय डाँक नारायण श्रेष्ठ, उदयपुर ताप्ली गाँउपालिका ४ ठानागाँउ ज्यामिरे का ३० बर्षीय झगर बहादुर सार्की र सोही स्थानका २६ बर्षीय डम्वर बहादुर तामाङ घाईते भएका छन् । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी रुपाटार र रामपुर झिल्केबाट प्रहरी टोली खटि गई घाईतेहरु मध्ये श्रेष्ठ र सार्कीलाई उपचारको लागी नोबेल अस्पताल विराटनगर पठाएको छ भने अर्का घाईते तामाङ सामान्य हात खुट्टामा चोट लागेकोले सामान्य उपचार पश्चात घर फर्किएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ