नेपालको राजनीतिमा विदेशी शक्तिको हस्तक्षेप हुन नदिन पाँच पूर्व प्रधानमन्त्रीको अपीलः ओलीको गलत क्रियाकलापले देश अस्थीरतातर्फ गएको धारणा

नेपालको राजनीतिमा विदेशी शक्तिको हस्तक्षेप हुन नदिन पाँच पूर्व प्रधानमन्त्रीको अपीलः ओलीको गलत क्रियाकलापले देश अस्थीरतातर्फ गएको धारणा

  • शनिबार, जेष्ठ २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 22.1K
    SHARES

२९ जेठ, काठमाडौं । नेपालका पाँच पूर्वप्रधानमन्त्रीले आन्तरिक राजनीतिमा बाह्य चलखेल हुन दिन नहुने बताएका छन् । पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले आज साँझ संयुक्त वक्तव्य जारी गर्दै नेपालको बारेमा नेपालीले नै निर्णय गर्नुपर्ने बताए ।
संवैधानिक व्यवस्था, कानूनी राज्य र लोकतन्त्रका आधारभूत सिद्धान्त एवं मूल्यमाथि भइरहेको निरंकुश हमलाविरुद्ध ऐक्यवद्धता जनाउन जनता, नागरिक समाज र लोकतन्त्रवादी शक्तिहरुलाई उनीहरुले अपील गरेका छन् ।

पाँचपूर्व प्रधानमन्त्रीले ढुंगा–गिटी विदेश निर्यात गर्ने निर्णय राष्ट्रहित विपरित र जनविरोधी भएको भन्दै फिर्ता लिन सरकारसँग आग्रह गरेका छन् ।

विशेषतः चुरे र महाभारत शृंखलामा हुने यस्तो उत्खननबाट जंगल विनाश हुने र पानीका मुहानहरु सुक्ने तथा तराई क्षेत्रमा मरुभूमिकरण हुने स्थिति उत्पन्न हुने भन्दै यो निर्णय कार्यान्वयन गर्न नहुने पूर्वप्रधानमन्त्रीहरुको भनाइ छ ।

काम चलाउ सरकारले कुनै पनि दीर्घकालीन महत्वको निर्णय नगर्न चेतावनी दिदै उनीहरुले प्रशासन र सुरक्षा निकायलाई समेत सरकारको गलत काम कार्बाहीमा सहयोग नगर्न अपील गरेका छन् ।

अदालतलाई महान्याधीवक्ता मार्फत धम्क्याउने, पार्टीको बैठकबाट धम्क्याउने काम ओलीले गरेको उनीहरुको धारणा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ