एजेन्सी, २९ जेठ । १६ औं संस्करणको युरोकप फुटबलको उद्घाटन खेलमा इटालीले विजयी सुरुवात गरेको छ ।
रोमस्थित ओलम्पिक स्टेडियममा शुक्रबार राति भएको खेलमा टर्कीलाई ३ ० गोल अन्तरले पराजित गर्दै इटालीले सुखद सुरुवात गरेको हो । इटालीलाई जित दिलाउन सिरो इमोबाइल र लोरेन्जो इन्सिन्याले एक एक गोल गरे । इटालीले एक गोल आत्मघाती उपहार पाएको थियो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, खेलको ५३ औं मिनेटमा टर्कीका मेरिह डेमिरलको आत्मघाती गोलबाट इटालीले सुरुवाती अग्रता बनाएको थियो ।
डोमिनिको बेरार्डीको क्रस रोक्ने क्रममा डेमिरलले आफ्नै पोस्टमा गोल गरेका थिए । युरोकपको इतिहासमा पहिलो पटक पहिलो गोल आत्मघाती गोल भएको हो ।
६६ औं मिनेटमा इमोबाइलले गोल गर्दै इटालीलाई २(० गोलको अग्रता दिलाए ।
त्यसपछि खेलको ७९ औं मिनेटमा लोरेन्जोले गोल गर्दै इटालीलाई ३(० गोलको जित दिलाए ।
यस जितसँगै समूह ुएु को इटालीले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । इटाली तालिकाको शीर्ष स्थानमा रहेको छ ।
टर्कीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । टर्की पुछारमा रहेको छ ।
युरोकप अन्तर्गत भोलि तीन खेलहरु हुनेछ ।