दश खेलाडीमै सीमित भए पनि अष्ट्रेलिया बिरुद्ध नेपालको सम्माजनक हार

दश खेलाडीमै सीमित भए पनि अष्ट्रेलिया बिरुद्ध नेपालको सम्माजनक हार

  • शुक्रबार, जेष्ठ २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

विश्वकप २०२२ को छनौट तथा एशिया कप २०२३ को छनौट चरणको अन्तिम खेलमा नेपालले अष्ट्रेलिया विरुद्ध सम्मानजनक हार व्यहोरेको छ । नेपालले पहिलो हाफ्मै दुई गोल व्यहोरेन मात्र रेफ्रिले नेपालका भरपर्दा डिफेन्डर रोहित चन्दलाई रेडकार्ड दिएका थिए । यो सँगै नेपाल दश खेलाडीमा सीमित भएको थियो । यो दबाब पछि पनि दोस्रो हाफ्मा सम्हालिएर नेपाली टोलीले बलियो रक्षा गर्दे दोस्रो हाफ्मा एक गोल मात्र व्यहोर्दै समग्रमा तीन शुन्यको नतिजा व्यहोर्न पुग्यो । अष्ट्रेलियाका लागि ५७ औ मिनेटमा म्याथ्यु बोयल्स, काराकीक ३८ र लेकीले सातौ मिनेटमा गोल गरेका थिए । अष्ट्रेलिया फिफा र्याकिंगमा ४१ औं स्थानमा रहेको छ भने नेपाल १७१ औँ स्थानमा रहेको छ ।
यस अघि अष्ट्रेलियामा भएको अवे खेलमा नेपाल अष्ट्रेलियासँग पाँच शुन्यले पराजीत भएको थियो । नेपालले यस अघि चाईनिज ताईपेईलाई पराजीत गरेको थियो भने जोर्डनसँग तीन शुन्यले पराजीत भएको थियो ।
नेपालका भरपर्दा गोल किपर किरण चेम्चोगंले अष्ट्रेलियाको शसक्त प्रहारलाई धेरै पटक उत्कृष्ट बचाउ गर्न सफल भएका थिए । नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले नेपाली टिमलाई आज पनि आक्रामक फर्मेसनमा उतारेका थिए । नेपालले अब सन् २०२३ मा चीनमा हुने एशिया कप छनौटका लागि प्लेअफ खेल्नु पर्नेछ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ