विश्वकप २०२२ को छनौट तथा एशिया कप २०२३ को छनौट चरणको अन्तिम खेलमा नेपालले अष्ट्रेलिया विरुद्ध खेलिरहेको अवस्थामा रेफ्रिले नेपालका भरपर्दा डिफेन्डर रोहित चन्दलाई रेडकार्ड दिएका छन् । यो सँगै नेपाल दश खेलाडीमा सीमित भएको छ ।
उनले पहिलो हाफ्को अन्यत्य तिर विपक्षी खेलाडीलाई सामान्य फल गरेका थिए । त्यसको केही बेर कुरेर रेफ्रिले एक्कासी रातो कार्ड दिएपछि नेपालका प्रशिक्षक र खेलाडीले असन्तुष्टी जनाएका छन् ।
पहिलो हाफ्मा नेपाल दुई शुन्य गोल अन्तरले पछि परेको छ । अष्ट्रलियाले पहिलो हाफ्को ८ र ३७ मिनेटमा गोल गरेको हो ।
नेपालले एशिया कप छनौटका लागि प्लेअफ् खेल्ने लगभग निश्चित भएको छ । आजको खेलमा पराजीत हुँदा पनि नेपालले सो प्रतिस्पर्धा गर्न पाउनेछ ।
नेपालले यस अघि चाईनिज ताईपेईलाई पराजीत गरेको थियो भने जोर्डनसँग तीन शुन्यले पराजीत भएको थियो ।