बहुमत सांसदले सनाखत गरेर सरकार गठनमा दाबी गर्दा पनि किन प्रदेश प्रमुखले भोली हेरौँला भनिन् ?

बहुमत सांसदले सनाखत गरेर सरकार गठनमा दाबी गर्दा पनि किन प्रदेश प्रमुखले भोली हेरौँला भनिन् ?

  • शुक्रबार, जेष्ठ २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 14.8K
    SHARES

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुगंले विस्वासको मत नपाएपछि आव्हान भए अनुसार विपक्षी दलहरुले बहुमत सांसदको हस्ताक्षर सहित सनाखत गरेर प्रदेश प्रमुख समक्ष बुझाए पनि आज सरकार गठन हुन सकेन ।
प्रदेश प्रमुख सीता कुमारी पौडेलले भोली हेरौँला भन्दै सांसदहरुलाई विदा गरेकी थिईन् ।
पौडेलकै सामुन्नेमा ३१ जना सांसदहरु शसरीर उपस्थित भएका थिए ।
काँग्रेस संसदीय दलका नेता कृष्ण चन्द्र नेपाली पोखरेललाई मुख्य मन्त्री बनाउन माग गर्दै काँग्रेस, माओवादी केन्द्र जसपा, जनमोर्चा र स्वतन्त्र सांसद दीपक मनागें पुगेका थिए ।
शनिबार मात्रै प्रदेश प्रमुखले दिएको समय सकिने भएकाले त्यतिखेर सम्म अध्ययन गरेर निर्णय दिने आशयमा प्रदेश प्रमुखले कुरा गरेको हुन सक्ने आकंलन गरिएको छ ।
तर मुख्यमन्त्री पद स्वतः भ्याकुम रहेको अवस्थामा बहुमत पुग्नासाथ किन नियुक्त गरिएन भन्दै काँग्रेस नेताहरुले प्रश्न गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ