बालुवाटार क्षेत्रमा नागरिक अगुवाको विरोध, निषेधाज्ञामा प्रदर्शन गरेको भन्दै पक्राउ

बालुवाटार क्षेत्रमा नागरिक अगुवाको विरोध, निषेधाज्ञामा प्रदर्शन गरेको भन्दै पक्राउ

  • शुक्रबार, जेष्ठ २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

२८ जेष्ठ, काठमाडौं । सरकारका असंवैधानिक कदम, स्वास्थ्य क्षेत्रमा गरिएको माफियाकरणलगायत विषयको विरोधमा नागरिक अगुवाहरुले विरोध प्रदर्शन गरेका छन् ।
वृहत नागरिक आन्दोलनको ब्यानरमा बालुवाटार क्षेत्रमा पुगेका नागरिकहरुमाथि प्रहरीले धरपकड गरि पक्राउ गरेको छ ।

भाटभटेनी पुग्दा नपुग्दै प्रदर्शनकारीहरुलाई प्रहरीले धरपकड गरेको हो । पक्राउ पर्नेमा नारायण वाग्ले, सञ्जिव उप्रेती, खगेन्द्र संग्रौलालगायत २० प्रदर्शनकारी छन् । पक्राउ गरिएकाहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ ।

चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायतका विषयमा उनीहरूले उठाएका थिए । सर्वोच्चको आदेशविपरीत सरकारले मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी गरेकामा पनि उनीहरुको आपत्ति थियो ।

स्वास्थ्य सेवा हो, व्यापार होइन, जनस्वास्थ्यमा प्रतिगमन भयो जस्ता प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ