विश्वकप छनोटः आज नेपालले अष्ट्रेलियासँग खेल्दै

विश्वकप छनोटः आज नेपालले अष्ट्रेलियासँग खेल्दै

  • शुक्रबार, जेष्ठ २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

२८ जेष्ठ, एजेन्सी । विश्वकप तथा एसिया कप छनोट फुटबलको अन्तिम खेलमा आज नेपालले अष्ट्रेलियासँग खेल्दैछ ।

कुवेतको राजधानी कुवेत सिटीमा अष्ट्रेलिया र नेपालबीचको खेल आज राति पौने १० बजे शुरु हुनेछ । समूह ‘बी’ को सबैभन्दा बलियो टोली अष्ट्रेलिया विरुद्धको खेल नेपालका लागि निकै कठिन हुनेछ ।

विश्वकप फुटबलको अनुभव बटुलिसकेको अष्ट्रेलिया एसियाली समुहमा खेल्न थालेदेखि नैं यो समुहको सबैभन्दा बलियो टोलीमध्य एक हो ।

समूह ‘बी’ को एकमात्र अपराजित टोली अष्ट्रेलियाले पहिलो खेलमा नेपाललाई घरेलु मैदानमा ५ ०ले हराएको थियो ।

पाँच पटक विश्वकप खेलिसकेको अष्ट्रेलिया र पहिलो पटक दोस्रो चरणको छनौटमा पुगेको नेपालबीचको खेल निक्के प्रतिस्पर्धात्मक हुने अनुमान छ ।

समूहमा ६ खेलबाट १८ अंकसहित अष्ट्रेलिया शीर्ष स्थानमा रहेको छ भने नेपाल ६ अंकसहित चौथो स्थानमा छ ।

पाँच टिम सहभागी समूहमा नेपालले पुछारको चाइनिज ताइपेईलाई दुवै खेलमा हराउँदा जोर्डन र कुवेतसँग दुवै खेल हारेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ