२७ जेठ, पोखरा । ओली निकट एमालेका मुख्य मन्त्री पृथ्वी सुव्वा गुरुगंले विस्वासको मत नपाएसँगै गण्डकी प्रदेशमा अब नयाँ मुख्य मन्त्री प्रस्ताव गर्न प्रदेश प्रमुखले आव्हान् गर्ने पक्का पक्की छ ।
यस्तोमा अब यस अघि बिपक्षीहरुका तर्फबाट काँग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्य मन्त्री बनाउन पहल हुने देखिएको छ ।
बिपक्षी गठबन्धनमा काँग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जपसा छन् । उनीहरु सबैको जोड्दा जनमोर्चाका कष्ण थापाले साथ नदिएका कारण ३० मात्र मत पुग्छ , जब कि सरकार बनाउन ३१ मतको आवस्यकता छ ।
मुख्यमन्त्रीले आज एमालेको जम्मा २७ मत पाएका थिए ।
अब संविधानको धारा १६८(५) अनसार मुख्यमन्त्री नियुक्तिका लागि विश्वासको मत प्रापत गर्ने आधार प्रस्तुत गर्न प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले आह्वान गर्नेछन् ।
विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरेका छन् । प्रदेशसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पोखरेलले भने, ‘बहुमत सांसदसहित हामी जान्छौं ।’
६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ मत चाहिन्छ । पोखरेललाई मुख्यमन्त्री बनाउन कांग्रेस १५, माओवादी ११ ९सभामुखबाहेक०, जनता समाजवादी पार्टीका २ र राष्ट्रिय जनमोर्चाका २ गरी ३० सांसद सहमत देखिएका छन् ।
मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकारमा युवा तथा खेलकुदमन्त्री रहेका स्वतन्त्र सांसद राजीव गुरुङ ( दीपक मनाङे ) कित्ता परिर्वतन गरेर विपक्षी गठबन्धनतिर आएका छन् । उनले साथ दिएमा मुख्यमन्त्री नियुक्त हुन चाहिने ३१ मत पुग्छ ।
बिहीबार मतदान प्रक्रियामा भाग नलिएका प्रदेशसभा सदस्य कृष्ण थापालाई पनि मत दिन आग्रह गरिने कांग्रेस संसदीय दलका नेता पोखरेलले बताए ।
यी दुई मध्य एक जनाले मात्र साथ दिँदा पोखरेल मुख्य मन्त्री बन्ने लगभग निश्चित छ । यस्तो अवस्था नभए प्रदेश सभा नै भंग हुन सक्ने खतरा समेत रहेको छ ।