नेपालमा कोरोना संक्रमित भन्दा निको हुनेको संख्या बढ्दो छ । आज पनि पछिल्लो २४ घण्टामा देशभर ३७४९ संक्रमित थपिएका छन् । यस्तै ५२९३ जना संक्रमण मुक्त भएका छन् । यही अवधिमा अन्य दिनको तुलनामा मृतकको संख्या पनि कमी देखिएको छ । २४ घण्टामा ५९ जना संक्रमितको मृत्यु भएको छ ।
यससँगै देशभर पीसीआर विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको कुल संख्या ६ लाख १ हजार ६८७ पुगेको छ भने निको हुनेको कुल संख्या ५ लाख १५ हजार ५९१ पुगेको छ ।
यस्तै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार २३८ पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline