नेपालले विश्वकप छनौटको आफ्नो अन्तिम खेलमा शुक्रबार राति अष्ट्रेलिया विरुद्ध खेल्दैछ । आज प्रिम्याच कन्फेरेन्समा बोल्दै नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले अष्ट्रेलिया बिरुद्धको खेल कठिन भए पति उत्कृष्ट खेल खेल्ने योजनामा रहेको बताए ।
उनले नेपालको खेल्ने शैलीमा सुधार आएको र समर्थकहरुलाई खुसी पार्न सक्ने बताए ।
यस अघि जोर्डन बिरुद्धको खेलमा पनि युवा पक्तिलाई खेलाएका अलमुताईरीले अब पनि युवाहरुलाई मौका दिने संकेत गरेका छन् ।
नेपालले कम्तीमा ६ अंक सहित समुहको चौथो स्थानमा रहेको छ । अष्ट्रेलिया बिरुद्ध जीत हात पार्न कठिन भएकाले नेपालले एशिया कप छनौटका लागि पनि प्ले अफ् खेल्नु पर्ने देखिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline