गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विस्वासको मत लिँदै, बहुमत पुग्ने संभावना कम

गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विस्वासको मत लिँदै, बहुमत पुग्ने संभावना कम

  • बिहिबार, जेष्ठ २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज विश्वासको मत लिने भएका छन् ।
६० सदस्यीय गण्डकी प्रदेश सभाबाट बहुमत पाउन ३१ जना सांसदको साथ चाहिन्छ । तर मुख्यमन्त्री गुरूङको पार्टी नेकपा एमालेका २७ जना मात्रै सांसद छन् ।

विपक्षी गठबन्धनले मुख्यमन्त्रीबाट गुरूङलाई हटाउन यस अघि देखि नै अभियान चलाएका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई भावी मुख्यमन्त्रीमा कांग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा र जसपाले अगाडि सारेका छन् । जनमोर्चाका तीन मध्य एक कृष्ण थापा मुख्यमन्त्रीको पक्षमा उभिएका छन् ।
बिपक्षी गठबन्धनलाई बहुमत पुर्याउन एक मतको आवस्यकता पर्दछ । प्रदेशमा माधवकुमार नेपाल पक्षका सांसद एक जना मात्र रहेका छन् ।
विपक्षी गठबन्धनले मुख्यमन्त्री गुरूङलाई मत नदिन आफ्ना सांसदलाई हिजो निर्देशन दिएका छन् ।

प्रदेशमा एमालेका २७, कांग्रेसका १५, माओवादीका सभामुखसहित १२, जनमोर्चा ३, जसपाका २ र स्वतन्त्र एक सांसद छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ