पहिलो दिनको खोप अभियानमा ८ हजार ७ सय सहभागी, निसङ्कोच भएर लगाउन मेयर शाक्यको आग्रह

पहिलो दिनको खोप अभियानमा ८ हजार ७ सय सहभागी, निसङ्कोच भएर लगाउन मेयर शाक्यको आग्रह

  • बुधबार, जेष्ठ २६, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोविडविरुद्धको चिनियाँ खोपको पहिलो मात्रा निसङ्कोच भएर लगाउन आग्रह गर्नुभएको छ । मोड्सा डु मोन्ड फ्रान्ससँग वातावरणीय स्वास्थ्य परियोजना सञ्चालनमार्फत काठमाडौँका अनौपचारिक सफाईकर्मी र सहरी समुदायको स्वास्थ्यमा पहुँच बढाउन वडा १९ को सहरी स्वास्थ्य केन्द्रलाई सहरी स्वास्थ्य प्रवर्धन केन्द्रका रुपमा स्तरोन्नति गर्ने सम्बन्धि सम्झौता कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । हिजोबाट काठमाडौँ महानगर क्षेत्रका ३२ स्थानमा ६० देखि ६४ बर्ष उमेरसमूहका नागरिकलाई सुरु गरेको खोप अभियानमा लक्ष्य अनुरुपको सहभागिता नभएको भन्दै उहाँले भन्नुभयो– ‘काठमाडौँमा स्थायी बसोबास गरेका र काम विशेषले काठमाडौँमा बसोबास गर्दै आएका ६० देखि ६४ बर्ष उमेरसमूहका एक लाख नागरिकलाई यो चरणको खोप अभियानमा सहभागी हुने हाम्रो लक्ष्य हो । तर, हिजो र आजको अवस्थालाई हेर्दा लक्ष्य अनुसारको सहभागिता नदेखिएको हो कि भन्ने लागेको छ । म पुनः सो समूहका नगरिकलाई पायक पर्ने ठाउँमा पुगेर खोप अभियानमा सहभागी हुन आग्रह गर्छु ।’
उहाँले खोप अभियानबारे अझै पनि नागरिकको मन जित्न नसकेका कारण यस्तो भएको हो कि भन्ने आशंका समेत व्यक्त गर्नुभयो । ‘पहिलो दिनको सहभागिता लक्ष्य अनुरुप न्युन भएको हो कि भन्ने हामीलाई लागेको छ । हामीले पहिलो दिन १५–२० हजार जतिको सहभागिता होला भन्ने ठानेका थियौँ । तर, ८ हजार ७ सय ४७ जनाले मात्रै खोप लगाएको जानकारी प्राप्त भएको छ,’ उहाँले भन्नुभयो, ‘लक्षित समूहका नागरिकमा अझै पनि खोपबारेको त्रास हट्न नसकेको हो वा हामीले सबै नागरिकको मन जित्न नसकेर हो । सहभागिता न्युन देखियो । दोस्रो डोज खोपको सुनिश्चितता नहुने लगायतका त्रासले पनि नागरिक खोप लगाउन डराएका हुन कि भन्ने लागेको छ । उहाँहरुलाई यी सबै त्रासबाट मुक्त गराएर खोप अभियानमा सहभागी गराउन हामी सबै लाग्नुपर्छ । म सबैसँग आग्रह गर्छु ।’
उहाँले खोप कार्यक्रममा सहभागी नागरिकलाई खोप लगाउन बाँकी नागरिकलाई पनि सहभागी हुन आग्रह गर्न सुझाव दिनुभयो ।
महानगरका प्रमुख शाक्यको उपस्थितिमा काठमाडौँ महानगरपालिका र फ्रान्सको मेड्सा डु मोन्डबिच भएको सम्झौता महानगरकातर्फबाट वडा १९ का अध्यक्ष शशीलाल श्रेष्ठ र मेड्सकातर्फबाट नेपालका लागि देशीय प्रतिनिधि डा। गियोम फेबोलले हस्ताक्षर गर्नुभएको थियो । एक अर्काको आचारसंहिता, पारदर्शिता तथा ववाफदेहिता, गोपनीयता, सञ्चार, सहभागितामुलक निर्णयमा समानता, मानवीय कार्य, स्वतन्त्रता र तटस्थताका सिद्धान्तको सम्मान र पालना गर्ने गरी सम्झौता भएको हो ।

सम्झौतापछिकै सम्वोधनमा प्रमुख शाक्यले, परियोजनाबाट लक्षित समूहमा कार्यक्रम पु¥याउन सहज हुने प्रतिक्रिया दिनुभयो । ‘स्वास्थ्य सेवामा सबैको समान पहुँच विस्तार गर्न हामीले लगानी बढाएका छौँ । पूर्वाधार सुधार, उपकरण खरिद र जनशक्तिको समुचित परिचालनबाट हामी लक्ष्य पूरा गर्नेछौँ ।
सम्झौताबमोजिम काठमाडौँ महानगरपालिकाले १ करोड ५ लाख ४० हजार रुपैयाँ व्यहार्नेछ । परियोजना सञ्चालन गर्न समन्वय समिति र रणनीतिक र व्यवस्थापन समिति गठन गरिनेछन् । सम्झौताबमोजिमकाृे स्वास्थ्य प्रवर्धन केन्द्र वडा १९ मा स्थापना भए पनि अन्य वडा र नुवाकोटको ल्याण्डफिल साइट क्षेत्रमा रहेको स्वास्थ्य चौकीबाट समेत सेवा दिइनेछ । सम्झौता अवसरमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, स्वास्थ्य विभागका अधिकारी तथा विभागीय प्रमुखहरु सहभागी हुनुहुन्थ्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी