काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापेर बिक्रि गरेको सबै पुस्तक जफत गर्न निर्देशन दिएका छन् ।
गत वर्ष संसदले भारतले कब्जा गरेको कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितको नक्सा पारित गरेको थियो । तर केही निजी प्रकाशकले नया संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्रि गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले यस्तो निर्देशन दिएका हुन् ।
पाठ्यक्रम विकास तथा मूल्याङकन परिषद्को बुधबार सम्पन्न ८८औं बैठकमा मन्त्री श्रेष्ठले पुस्तक प्रकाशक र बिक्रेतालाई हदै सम्मको कार्बाही गर्न समेत मन्त्रीले निर्देशन दिएका छन् ।
‘तपाईंहरूले अनुगमन गर्नुस्, देशको आँच पुग्नेगरी पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्रि गरेको पाइए तत्काल प्रहरी प्रशासन लगाएर कारबाही गर्नुस्’, मन्त्री श्रेष्ठले भने ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline