शेयर बजार घट्योः कारोबार १७ अर्ब

शेयर बजार घट्योः कारोबार १७ अर्ब

  • बुधबार, जेष्ठ २६, २०७८
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

जेठ २६, काठमाडौं । निरन्तर उचाईतिर गएको शेयर बजार आज भने घटेको छ । आज १३.५६ अंकले नेप्से आरोलो लागेको हो । नेप्से परिसूचक २ हजार ९४६ दशमलव ५८ विन्दुमा ओर्लिएको छ ।

२ हजार ९९५ दशमलव शून्य ८ विन्दुदेखि खुलेको बुधवारको बजार ३ हजार ५ दशमलव ६२ विन्दुसम्म पुगेको थियो । नेप्से परिसूचकसँगै यो दिन सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ८३ अंक घटेर ५२५ दशमलव २८ विन्दुमा झरेको छ ।

यसदिन उत्पादन तथा प्रशोधन समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् भने विकास बैंक समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । उत्पादन तथा प्रशोधन समूहको परिसूचक यो दिन सर्वाधिक ३ दशमलव ९८ प्रतिशतले बढेको हो ।

त्यस्तै वित्त समूहको २ दशमलव शून्य ४ प्रतिशत, व्यापारिक समूहको १ दशमलव ९२ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव २६ प्रतिशत, जीवन बीमाको शून्य दशमलव १५ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव शून्य ३ प्रतिशत परिसूचक बढेको हो ।

सर्वाधिक गुमाएको विकास बैंक समूहको परिसूचक भने ४ दशमलव ४१ प्रतिशत घटेको छ । विकास बैंकसँगै यो दिन बैंकिङ्को शून्य दशमलव ५८ प्रतिशत, होटल्स तथा पर्यटनको शून्य दशमलव शून्य ६ प्रतिशत, जलविदुतको शून्य दशमलव ५३ प्रतिशत, अन्यको १ दशमलव ३६ प्रतिशत, लघुवित्तको शून्य दशमलव ३४ प्रतिशत र लगानी समूहको शून्य दशमलव ९८ प्रतिशत परिसूचक घटेको छ । परिसूचक घटेपनि आज कारोबार भने १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार बराबरको ३ करोड को भएको छ । यो कारोबार २२१ ओटा कम्पनीको १ लाख ५५ हजार २३९ पटकको व्यापारमा भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ