भेडासँग जीवन बिताएका मनबहादुरको अमेरिका जाने मन

भेडासँग जीवन बिताएका मनबहादुरको अमेरिका जाने मन

  • बुधबार, जेष्ठ २६, २०७८
  • —रमेश केसी

  • 11.6K
    SHARES

हुम्ला जिल्लाको सिमकोट सेमन्या घर भई करिब ४० वर्षदेखि बझाङको साईपाल गाउँपालिकामा बस्दै आएका मनबहादुर महत अहिले उमेरले ७६ वर्ष पुगे । हातमा चुरोट सल्काउँदै ४० वर्ष अगाडि बझाङ सदरमुकाम चैनपुर सम्झदै उनले भने, “चैनपुरमा औँलामा गन्ने घरहरु थिए । चैनपुरमा पाठा लिएर आउँदा, पाठा देउ जग्गा लेउ भन्थे, के गर्ने त्यो बेला भेडा, बाख्रालाई हामीले ठूला मान्यौ, त्यो बेला वुद्धि भएन, नत्र जग्गासँग पाठा साटेको भए, आधा चैनपुर हुन्थ्यो होला ।”
उनका अनुसार त्यतिबेला चैनपुरका धनी भनेकै हरिसाहु थिए । उनका दुई वटा घर थिए । उनलाई एक भेडा रु ५० देखि एक सयसम्ममा बिक्री गथ्र्यौ । लाग्छ त्यतिबेलाको रु एक सय ठूलो थियो । अहिले १ सय ५० भेडा बिक्री गरेपछि १९ देखि २० लाख रुपैयाँ आउँछ, त्यसले पनि केही हुँदैन् ।

त्यतिबेला गाउँमा स्कुल थिएन । पढ्नु पर्छ भन्ने थाहा पनि भएन । १२ वर्षको उमेरमै भेडासँग हिड्न लागेका हामी दुई दाजुभाई भेडासँगै जिवन विताउन थालेको मनबहादुरले भने, “म हुम्लाबाट बझाङ आउँदा शुरुमा १८ पाठा थिए । हुदाँहुँदै कुनै बेला ११ सय बाख्रा, खसी, भेडाका छुट्टाछुट्टै गोल र आठ÷नौ जना ग्वाला हेर्ने मान्छे, साथमा तीन÷चार वटा कुकुर पनि थिए । धनगढी र महेन्द्रनगर, डडेलधुरालगायतका ठाउँबाट सामान ल्याउँथे । त्यतिखेर यातायातका साधन भनेका नै भेडा, बाख्राहरु थिए ।”
खच्चर धेरै समयपछि आएको महतको भनाइ छ । उनले भने, “त्यतिबेलाको जमना थियो । भेडामा सामान हुन्थ्यो । गाउँ नजिकै बाटोमा डेरा बसाल्थ्यौं । गाउँले दाजुभाइहरुले माया गर्थे । अहिले भेडावाला भन्ने वित्तिकै गाली गर्छन । अब त बुढो भयौं, तागत छैन । हिड्दा हिड्दै खुट्टा लट्पटिन्छन । अब सकिदैन, विस्तारै घटाउनु पर्यो ।” हुनत् भेडाकै खर्चबाट छोरा अफितलाई डिग्री पढाएको बताउने उनले छोरा अमेरिका जाँदा रु ९ लाख पठायौं, अहिले छोरा अमेरिकामा नै छ उनको भनाइ छ ।
“छोराले उतै विवाह गर्यो”। उनले भने, “उ पनि फोन गरेर कहिले काँही भेडा बेचेर घर आउँ भन्छ । घरपरिवार सबैलाई भेडाकै खर्चबाट पालन पोषण गरे । अहिले पनि घरमा ११ जनाको परिवार छ । श्रीमति वितेको भने केही वर्ष भयो । आफ्नो जिन्दगी भने दुःख गर्दै खायो । उहिलेका दुःख सम्झदा छोराछोरीलाई सुख छ, तागत छैन, सम्पति देख्दा माया लाग्छ, मलाई एक भेडा बेच्दा पुगिहाल्यो, आफूलाई नपुग्या छोराछोरीलाई देउ भन्नु, अब एकचोटी मर्नुभन्दा अगाडी अमेरिका घुम्ने मन छ । छोराले पनि अमेरिका लिन्छु भन्या छ । तर क्या अर्नु ९के गर्नु ० देशभरी यस्तै छ । मान्छे माहामारीका कारण घान हुन लाग्याका छन ९धेरैको संख्यामा मर्न लागेका० । बाँच्या पछि अमेरिका हेर्न जान्या रहर थियो । न तत्र सकियो ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी