जेठ २६ काठमाडौँ । वरिष्ठ अधिवक्ता महादेव यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले दुराशय राखेर केपी शर्मा ओलीबाहेकको नेतृत्वमा सरकार गठन हुन नदिने मनशाय राखेकाले नै अहिलेको अवस्था आएको जिकिर गरेका छन् । ओलीबाहेकको नेतृत्वमा सरकार बन्ने अवस्था देखिएकैले भण्डारीले यस्तो कदम चालेको उनले आजदेखि शुरु भएको प्रतिनिधि सभा विघटन बिरुद्ध शुरु भएको बहसमा भाग लिदै धारणा राखे ।
प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहित १ सय ४६ सांसदको निवेदनको पक्षमा उनले आफ्नो बहस टुंग्याएका छन् । काँग्रेस सभापति देउवाको बहुमत हुँदा हुँदै दुराशय राखेर राष्ट्रपतिले संसद भंग गरेको यादवको जिकिर छ ।
राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाका १ सय ४९ सांसदको हस्ताक्षर हुँदा पनि सरकार गठन नगरेको वरिष्ठ अधिवक्ता यादवको भनाइ थियो ।
अब अहिलेको अवस्थामा अघिल्लो प्रधानमन्त्रीका रूपमा विश्वासको मत नपाएको र शेरबहादुर देउवाले बहुमत लिएर जाँदा राष्ट्रपतिले किन अस्वीकार गर्नुभयो ?