वीरगंज २५ जेठ । पर्साको कालिकामाई गाउँपालिकामा अझै पनि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु हुन सकेको छैन । असार मसान्त सम्म सम्पन्न गर्नु पर्ने कार्यक्रम अझै सुरु नहुँदा बरोजगारहरुको लागि आएको करिब एक करोड बजेट फ्रिज हुने सम्भावना बढेको छ ।
पर्सा कै अन्य पालिकाहरुमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भए पनि कालिकामाईमा जनप्रतिनिधि र प्रमुख प्रशासकिय अधिकृतको लापरवाहीले सुरु हुन नसकेको स्थानियहरुले गुनासो गरेका छन् ।
आ।व। २०७७र०७८ मा गाउँपालिका अन्तर्गतका बेरोजगार ५ सय ६४ जनाले फारम भरेका छन् । जस मध्ये एक सय जनालाई एक सय दिन रोजगार दिनु पर्ने छ । कार्यक्रम संचालन भएको भए एक जनाले एक दिनको रु ५ सय १७ को दरले एक सय दिनको रु ५१ हजार ७ सय पाउने थिए ।
तर गाउँपालिकाको लापरवाहीले बेरोजगारको लागि आएको कार्यक्रम समय मै संचालन नहुँदा उनीहरु मर्कामा परेका हुन् ।
बेरोजगारहरुले पाउने पारिश्रमिक वापतको रकम सम्बन्धित सबैको बैंक मार्फत खातामा पठाउनु पर्ने भएकोले कार्यक्रम संचालन भएको खण्डमा आर्थिक लाभ हुने नदेखिएकोले कार्यक्रम संचालनमा खासै कसैले ध्यान नदिएको स्थानियहरुको गुनासो छ ।
अझै पनि प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन भए असार मसान्त सक्न ३७ दिन वाकी रहेको छ । चाँडोमा भोली नै भयो भने असार समान्त सक्ने कम से कम एक दिन अघावै सम्पन्न गर्नु पर्ने हुन्छ । किन भने असारको अन्तिम ३१ गते सम्म मात्र चेक काटन सिकने भएकोले पारिश्रमिकहरुको निकास सोही दिन गर्नु पर्ने हुन्छ । त्यसो भए एक सय दिन संचालन गर्नु पर्ने कार्यक्रम ३५ दिन मात्र संचालन गर्न सकिन्छ ।
त्यसले एक जना बेरोजागर व्यक्ति सय दिन कार्यक्रम संचालन भएको खण्डमा पाउनु पर्ने रु ५१ हजार ७ सय मध्ये ३५ दिन संचालन भएको खण्डमा मात्र रु १८ हजार ९५ पाउने छन् । गाउँपालिकाको जनप्रतिनिधि र प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साहको गैर जिम्मेवारीका कारण एक जना बेरोगारको लागि आएको रकममा पनि रु ३३ हजार ६ सय ५ कम पाउने छन् ।
केन्द्र सरकारको रु ५१ लाख र थप बिश्व बैंकको बजेट गरी प्रधानमन्त्री रोजगार कार्यक्रमको कुला बजेट ९६ लाख रहेको गाउँपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक विनय साहले वताए ।
उनले बजेट ढिलो निकासा भएका कारण समय मै कार्यक्रम संचालन गर्न नसकिएको वताए । तर पर्साका कै अन्य पालिकाले समय मै सोही कार्यक्रम संचालन गरेका छन् ।
पर्सा कै जिराभवानी गाउँपालिका, जगरनाथपुर गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका, पोखरिया नगरपालिका लगायतको पालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन भइसकेको छ