शेयर बजार ऐतिहासिक उचाईमा, नेप्से तीन हजार बिन्दु नजिक

शेयर बजार ऐतिहासिक उचाईमा, नेप्से तीन हजार बिन्दु नजिक

  • मङ्लबार, जेष्ठ २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

जेठ २५, काठमाडौं । दिन दिनै नयाँ उचाईतिर गईरहेको शेयर बजारले आज पनि नयाँ ऐतिहासिक रेकर्ड बनाएको छ ।

नेप्से ३००० विन्दु नजिक पुगेको छ। यसले लगानीकर्ताहरुमा ठूलो उत्साह पैदा गराएको छ ।

नेप्से परिसूचक आज ५३.४४ अंक बढेर २९६०.१४ विन्दुमा पुगेको छ। यो अहिले सम्मकै उच्च विन्दु हो। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ७.४७ अंक बढेर ५२८.१० विन्दुमा पुगेको छ। मंगलबार फ्लोट इण्डेक्स ३.९४ अंक बढेर २०५.२२ विन्दुमा र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.२८ अंक बढेर १७६.०८ विन्दुमा पुगेको छ।

यस दिन २१७ कम्पनीको १ लाख ४८ हजार ५०४ पटकको कारोबारमा १६ अर्ब ८३ करोड ३४ लाख ५८ हजार रुपैयाँ बराबरको ३ करोड ५४ लाख ४४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्सेले नयाँ अलटाइम हाइ बनाएको दिन ३० भन्दा बढी कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमध्ये मुक्तिनाथ विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, गोर्खाज फाइनान्स, जेबिल्स फाइनान्स, हिमालयन जनरल इन्स्योरेन्स, सांग्रीला डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयरमूल्य १० प्रतिशत बढेको छ। कारोबारमा आएको मेरो माइक्रोफाइनान्सको शेयरमूल्य सर्वाधिक ४.९७ प्रतिशत घटेको छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ