प्रेम विवाहको नाममा मृत्यु रोज्न बाधय भोजपुरका संगम ठटाल, विभिन्न संघ संगठनको ध्यानाकर्षण

प्रेम विवाहको नाममा मृत्यु रोज्न बाधय भोजपुरका संगम ठटाल, विभिन्न संघ संगठनको ध्यानाकर्षण

  • मङ्लबार, जेष्ठ २५, २०७८
  • धन बहादुर सुनार

  • 14.3K
    SHARES

भोजपुर । भोजपुर जिल्ला षडानन्द नरपालिका वडा नं. १४ भोजपुरका संगम ठटाल (परियार) को शव २०७८ जेठ १५ गते जंगलमा झुण्डिएको अवस्थामा फेला परेको घटना प्रति विभिन्न राजनैतिक दल र तिनका भातृ संगठनले ध्यनाकर्षण भएको जनाएका छन् ।
यस घटना बारे विभिन्न माध्यमबाट जानकारी प्राप्त भए पछि सम्बन्धित परिवारसँग बुझ्दा मृतक संगम ठटाल (परियार) ले सोही नगरपालिका १३ कि श्रेष्ठ थरकी प्रेमिकासँग २०७८ जेठ १० गते प्रेम विवाह गरेर घर ल्याएको तर भोलिपल्ट जेठ ११ गते केटी पक्षका परिवार, सोही वडा वडा नं. १४ का वडाध्यक्ष झम्कबहादुर रोका र स्थानीय चौकीका असईको नेतृत्वमा प्रहरी टोली संगम ठटालको घर गई केटा केटी दुवैलाई नियन्त्रणमा लिई प्रहरी चौकीमा लगेको र प्रहरी कार्यालयमा वडाध्यक्ष स्यमले जातीय अपमानजनक गालीगलौज गरेको, प्रहरीले पनि कुटपिट गरी लिखित रुपमा कागज बनाई त्यँहा के लेखिएको भनी जानकारी पनि नदिई हस्ताक्षर गर्न लगाई, उमेर नपुगको भन्दै केटा केटीलाई आ–आफ्नै परिवारको जिम्मा लगाएको र जेठ १२ गते घरबाट निस्किएर हिडेका संगम जेठ १५ गते जंगलमा झुण्डिएको अवस्थामा फेला परेको थिए ।
मृतक संगम ठटाल ट्याक्टरमा काम गर्दथे । उनी गरिब परिवारका थिए । यस घटनाप्रति विभिन्न राजनैतिक दल, तिनका भातृ संगठन, दलित अधिकारकर्मीले घटना विवरणका आधारमा अन्तजातिय विवाह माथिको आक्रमणकै कारण यो घटना हुन पुगेको भन्ने आशंका व्यक्त गर्दै घटनामा वडाध्यक्ष र प्रहरीको भुमिका पनि शंकास्पद देखिएको सत्य तथ्य छान विन गरी बाहिर ल्याई दोषीमाथि कडा कारबाहीका लागि पहल गर्न सबै संघ संगठन, विभिन्न राजनैतिक दल मानवअधिकारबादी संघ संस्था, नागरिक समाज एवम् सम्पूर्ण न्यायप्रेमी जनसमुदाय प्रति ध्यानकर्षण गरेका छन् ।
नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा भएको १५ पुगेर १६ वर्ष प्रवेश गर्दा पनि यस्ता खालका जातिय छुवाछुत र अन्तरजातिय विवाह कै कारण देशमा थुप्रैले ज्यान गुमाएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ