एमाले सुदुरपश्चिम विवादले झडपको रुप लियोः मन्त्रालयमै नेतामन्त्री कुटाकुट ?

एमाले सुदुरपश्चिम विवादले झडपको रुप लियोः मन्त्रालयमै नेतामन्त्री कुटाकुट ?

  • सोमवार, जेष्ठ २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 14.3K
    SHARES

एमाले भित्र देखिएको विवादले भौतिक झडपको रुप लिन थालेको छ । सुदुरपश्चिमको माओवादी नेतृत्वको सरकार ढाल्न ओली समुहले दिएको निर्देशन र निर्णय लत्याउदै माधव समुहले प्रदेश सरकार टिकाउने मात्र हैन, सरकारमा सहभागी नै भए पछि संस्थापन समुह क्रुद्ध भएको छ ।
मुख्यमन्त्रीले विश्वासको मत लिनु अघिल्लो दिन मन्त्रालयमै पुगेका नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव राजेन्द्र रावलले प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीमाथि मुक्का हानेको चर्चा छ । मन्त्री स्वयंले आफूलाई कार्यकक्षमै हातपात भएको बताएका छन् । उता ओली समुहका सचिव रावलले पनि आफू माथि हातपात भएको जिकिर गरेका छन् । रावल मुख्यमन्त्री भट्टलाई मत नदिन भन्दै पत्र बुझाउन भनेर मन्त्रालय पुगेका थिए । सो समयमा दुबै जनाबीच झडप भएको हो ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले पनि आफ्ना सचिव रावललाई हातपात गरिएको भन्दै मन्त्री सोडारीलाई कारबाही गर्न सम्बन्धित निकायसमक्ष माग गरेका छन्।
उता मन्त्री सोडारीले भने आफूले हातपात नगरेको दाबी गर्दै बरु रावलले चाहिँ आफूलाई दुव्र्यवहार गरेको आरोप लगाएका छन्।

मन्त्री सोडारीका स्वकीय सचिव ललितबहादुर बोहराले विज्ञप्ति जारी गरी एमाले प्रदेश सचिव रावलले मन्त्री सोडारीलाई अभद्र व्यवहार गरेको आरोप लगाएका हुन्।

‘मन्त्री सोडारी एमालेमा माधव नेपाल समूहका नेता हुन भने प्रदेश सचिव रावल ओली समूहका नेता हुन्।

यही जेठ १० गते ओली समूहले माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। तर नेपाल समूहको बाहुल्यता रहेको प्रदेश संसदीय दलको बैठकले समर्थन कायम राख्ने निर्णय गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ