नेपाल जोर्डनसँग तीन शुन्यले पराजीत

नेपाल जोर्डनसँग तीन शुन्यले पराजीत

  • सोमवार, जेष्ठ २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

जेठ २४ काठमाडौँ । विश्वकप तथा एशिया कप छनौट चरणको खेलमा नेपालले आज जोर्डन बिरुद्ध पराजय व्यहोरेको छ ।
नेपालले पहिलो हाफ्को २० मिनेटमा डिफेन्समा गरेको सानो कमजोरीका कारण पेनाल्टीमा गोल खाएर एक शुन्यले पछि परेको थियो । बिपक्षी खेलाडीलाई डिबक्स एरियामा बल क्लियर गर्ने क्रममा रोहित चन्दले फल गरेका थिए ।
त्यसपछि लगातार नेपाली टोली डिफेन्स लाईनमा व्यस्त रह्यो । दोस्रो हाफ्मा नेपालले केही सब्सिटीच्युट सहित सुधार गरेर खेले पनि ४८ औँ मिनेटमा फेरी फ्रिकिक मार्फत जोर्डनले अग्रता दोब्बर पार्यो ।
र खेलको ६६ औँ मिनेटमा नेपालले कमजोरी गर्दा थप एक गोल व्यहोर्न बाध्य भयो ।

नेपालको तुलनामा बलियो र फिया बरियतामा पनि निकै माथिल्लो स्तरको टोली जोर्डन बिरुद्ध अहिले सम्म खेलिएका चार खेलमा नेपाल तीनमा हार र एकमा बराबरी खेलेको छ ।

चाइनिज ताइपेईविरुद्ध दुई जितसँगै ६ अंक जोडेको नेपाल छनोटको समूह ‘बी’ मा चौथो स्थानमा छ । शीर्ष स्थानको अष्ट्रेलिया अपराजीत रहँदै १५ अंक जोडेको छ । जोर्डन दोस्रो स्थानमा उक्लिएको छ । उसको १२ अंक भएको छ भने तेस्रो स्थानमा रहेको कुवेतको ९ अंक रहेको छ ।
एसियन कपको तेस्रो चरणमा प्रवेश गर्न नेपालका लागि जोर्डनविरुद्ध सोमबार हुने खेल महत्त्वपूर्ण थियो ।
समूहका शीर्ष टिम र दोस्रो हुनेमध्ये उत्कृष्ट चार गरी १२ टिम विश्वकप छनोटको तेस्रो चरणसँगै एसियन कपमा पुग्नेछन् । दोस्रो हुनेमध्ये तलका चार टिम, तेस्रो हुने आठ टिम र चौथो हुनेमध्ये उत्कृष्ट चार गरी १६ टिमले एसियन कप छनोटको तेस्रो चरणमा स्थान सुरक्षित गर्नेछन् ।
छनोटका आठ वटा समूहका चौथो स्थानमा रहनेमध्ये उत्कृष्ट चारमा रहने टिमले मात्रै एसियन कपको तेस्रो चरणमा प्रवेश पाउनेछन् । छनोटको बीचबाटै उत्तर कोरियाले नाम फिर्ता लिएकाले पाँचौं हुने टिमसँगको नतिजा वरीयतामा (चौथो हुनेमध्ये उत्कृष्ट चारको छनोट) गणना हुने छैन । यसमा पर्न नसके नेपालले एसियन कपमा छनोटमा कयमै रहन प्लेअफमा सफलता हासिल गर्नुपर्नेछ । प्लेअफबाट आठ टिम तेस्रो चरणको छनोटमा पुग्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ