नेबिसंघद्वारा आयल निगमका डिपो प्रमुख यादवलाई ज्ञापन पत्र

नेबिसंघद्वारा आयल निगमका डिपो प्रमुख यादवलाई ज्ञापन पत्र

  • सोमवार, जेष्ठ २४, २०७८
  • राहुल गुप्ता

  • 8.3K
    SHARES

बारा २३ जेठ । नेपाल विद्यार्थी संघ बारा जितपुर सिमरा उपमहानगरपालिकाले पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता लिन माग गर्दै आयल निगम अमलेखगञ्ज डिपो प्रमुख प्रदीप यादवलाई ज्ञापन पत्र बुझाएको छ । जेष्ठ २ गते र २२ गते दुई पटक पेट्रोलियम पदार्थको मुल्यवृद्धि भएको भन्दै मुल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका छन् ।
पेट्रोलियम पदार्थका मूल्य घटाई जनता लाई राहतको सास फेर्न दिन र जनतालाई थप आतंकित नबनाउन हुन् नेपाल विधार्थी संघ जितपुरसिमरा उपमहानगरपालिका समितिले माग गरेको हो ।
सो कार्यक्रममा नेबि संघ जितपुरसिमरा उपमहानगरपालिका अध्यक्ष लक्ष्मी कान्त पौडेल, उपाध्यक्ष रामबाबु तामाङ्ग, सचिब धिरज कार्की, नेत्री रिता रिजाल लगायत विद्यार्थी नेताहरु को सहभागिता रहेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ