यादव ठाकुर विवादः काठमाण्डौंको रिस जनपुरमा पोखियो, पूर्व राजपा पक्षका चार मन्त्री बर्खास्त

यादव ठाकुर विवादः काठमाण्डौंको रिस जनपुरमा पोखियो, पूर्व राजपा पक्षका चार मन्त्री बर्खास्त

  • आइतवार, जेष्ठ २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

जसपा भित्र यादव र ठाकुर समुहबीच देखा परेको अन्तरविरोधले तलै सम्म प्रभाव पार्न थालेको छ । जसपा भित्र बहुमत केन्द्रीय कार्यकारीणी सदस्यको निर्णयमा यादव समुहले महन्त ठाकुर र राजेन्द्र महतोलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेपनि उनीहरु बालुवाटारसँग सहमति गरी सरकारमा सहभागी भईछाडे ।
८ मन्त्री र दुई राज्यमन्त्री लिएर महतो उपप्रधानमन्त्री बन्दै सरकारमा सहभागी भए पछि उपेन्द्र यादव सोही दिन जनकपुर पुगेका थिए ।
जनकपुर पुगेर यादवले गंभीर छलफल गर्दै प्रदेश दुईको सरकारबाट ठाकुर महतो पक्षका मन्त्री हटाउने योजना बनाएका थिए । सोही योजना अनुसार मुख्य मन्त्री लाल बाबु राउतले ठाकुर समुहका चार मन्त्रीलाई बर्खास्त गर्ने निर्णय गरेका हुन् ।
भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल सरकारलाई बर्खास्त गरेको निर्णय गरेका हुन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ