निर्माण क्षेत्रमा बदनामी कमाएको पप्पुले दुई बर्षमा तीन किलो मिटर बाटो पनि बनाएन, जनताले जलाए ठेकेदारको पुत्ला ( भिडियो सहित )

निर्माण क्षेत्रमा बदनामी कमाएको पप्पुले दुई बर्षमा तीन किलो मिटर बाटो पनि बनाएन, जनताले जलाए ठेकेदारको पुत्ला ( भिडियो सहित )

  • आइतवार, जेष्ठ २३, २०७८
  • -दिपक चौरसिया

  • 12.4K
    SHARES

बिरगंज २३ जेठ । बीरगन्ज महानगरपालिका वडा नं. २० अपौनी र हरपतगञ्जका बासिन्दाले आन्दोलनमा उत्रेका छन् । बदनामी कमाएको निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनले दुई वर्षसम्म पनि सडक निर्माण नगरेपछी पिडित भएका स्थानीयले पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियार, ठेकेदार हरिनारायण रौनियार र शहरी विकासका हाकिमको पुत्ला जलाइ आन्दोलनमा उत्रेका हुन ।

आईतबार बीरगन्ज महानगरपालिका वडा नं. २० अपौनी र हरपतगञ्जका बासिन्दाले पप्पुको बदमासीको विरोध र दबाबका लागि भन्दै उनीहरुको पुत्ला जलाएका हुन् । सो वडाको सडकमा भेला भएका त्यहाँका स्थानीयले पप्पु, हरिनारायण र शहरी विकासका हाकिमको पुत्ला जलाउदैं उनीहरुको विरोधमा नाराबाजी समेत गरेका थिए ।

शहरी विकास कार्यलयको मातहतमा रहेको बीरगञ्जको ड्राइपोर्टदेखि बीरगन्ज महानगरपालिका वडा नम्बर २७ उदयपुरघुर्मीसम्म जोड्ने ३ किलोमिटर सडक २ वर्षमा निर्माणको ठेक्का सकारेको पप्पु कन्स्ट्रक्सनले हालसम्म पनि सो सडक नबनाएको स्थानीय बताउँछन् । जसका कारण सो गाउँका बासिन्दासँगै उक्त बाटो भएर आवतजावत गर्ने यात्रुहरुले सास्ती खेप्नु परिरहेको स्थानीयहरुले बताएका छन् । नेकपा एमालेका युवा नेता परागले पप्पुले ३१ फिटे सडक निर्माण गर्ने भन्दै बाटोमा पर्ने घरहरु भत्काउन लगाएर अलपत्र छोडेको बताए ।

२०७५ सालमा दुई वर्ष भित्रमा काम सक्ने गरी ठेक्का सकारेको पप्पु कन्स्ट्रक्सनले सो ठेक्का पेटी ठेक्का मार्फत अन्य ठेकेदारलाई ठेक्का दिएको छ । पप्पु कन्स्ट्रक्शनले जिम्मा दिएको पेटी ठेकेदारले काम नगरेको र आफुले दबाब दिँदा पप्पु कन्स्ट्रक्शनले रकम नदिएको हुँदा दुई ठेकेदारको विवाद अदालतसम्म पुगेको छ । सोही विवादलाई लिएर पेटी ठेकेदारले पप्पुले रकम नदिएको भन्दै गत कात्र्तिकमा नेपाल पत्रकार महासंघमा पत्रकार सम्मेलन नै गरेका थिए ।

यसअघि, आईतबार नै ठेक्का पाएको समयभित्र बाटो बनाउन बारम्बार फेल हुने गरेको पप्पुले बाटो चाँडो नबनाएपछि पुत्ला जलाउन तयारी गरेका स्थानीयलाई रोक्न पुगेका पप्पु कन्स्ट्रक्सनका कर्मचारी र गाडीलाई स्थानीयले नियन्त्रणमा लिएका थिए । घटनास्थलमा प्रहरी पुगेपछि स्थानीयले पछि पप्पुका कर्मचारी र गाडीलाई छोडेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी