काठमाडौं, जेठ २३ । नेपाली सेनाले देशको वर्तमान राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालीरहेको जनाएको छ । सेनाको नेतृत्व सम्हालेको एक हजार दिन पूरा गरेको अवसरमा प्रधान सेनापति पूर्णचन्द्र थापाले आज सैनिक मूख्यालय जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा सेनापति थापाले यस्तो धारणा राखेका हुन् । देशमा विकसित राजनीतिक परिस्थिति संवैधानिक तरिकाले नै समाधान होस भन्ने चाहेको तर अहिलेको अवस्थाले समस्या ल्याउन सक्ने चिन्ता सेनापति थापाले व्यक्त गरे ।
सेनाले गर्ने विकास निर्माणका कामका क्रममा हुने ठेक्का पट्टाबाट कसैले आर्थिक अनियमितता गर्ने आँट नगर्ने दाबी गर्दै उनले सेनाका ईञ्जिनियरहरुलाई विकास निमार्णमा लगाउँदा सेनाको क्षमता अभिबृद्धी हुने बताए ।
सेनाले सरकारको निर्देशन र संविधानको दायरामा बसेर राष्ट्रिय आवश्यकता र राष्ट्रिय स्वार्थबाट फास्टट्राक लगायतको विकास निमार्णमा हात हालेको यसमा व्यापारिक स्वार्थ नभएको दावी पनि थापाले गरे ।
आफ्नो कार्यकालमा चार पृतना अर्थात थ्री प्सल वान कमाण्ड, सेनाको पुनसंरचनालगायत विभिन्न संगठात्मक संरचनाका काम भएको भन्दै कार्यकालको बाँकी समय पनि राष्ट्रधर्मको रुपमा जवाफदेहिता साथ पूरा गर्ने बताए ।
थापाको कार्यकालमा भएका कामहरुको संगालो ‘परिवर्तनका पहलकदमीहरु’ नामक पुस्तक पनि आज सार्वजनिक गरिएको छ ।