जोर्डन बिरुद्ध जीत्ने गरी खेल्ने नेपालका प्रशिक्षक अल्मुताईरीको प्रतिवद्धता

जोर्डन बिरुद्ध जीत्ने गरी खेल्ने नेपालका प्रशिक्षक अल्मुताईरीको प्रतिवद्धता

  • आइतवार, जेष्ठ २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

नेपालले विश्वकप छनौट र एशिया कप छनौट चरणको खेलमा भोली जोर्डन बिरुद्ध खेल्दैछ । यस अघि पहिलो खेलमा जोर्डन बिरुद्ध तीन शुन्यले खेल गुमाएको नेपालले भोली अपेक्षाकृत उत्कृष्ट प्रदर्शन गर्दै जीत निकाल्ने योजना बनाएको छ ।
आज प्रिम्याच कन्फेरेन्समा बोल्दै प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले प्रत्यक म्याच शुन्यबाट शुरु हुने र परिणाम मैदानमा हुने प्रदर्शनबाट तय हुने बताए ।
उनले धेरैले नेपाललाई जोर्डन बिरुद्ध जीत्ने मौका नभएको अर्थमा हेर्ने गरेको भन्दै आफूले भने खेल जीत्दै छनौटमा अघि बढ्ने योजना बनाएको बताए ।
नेपालले विश्वकप छनौट अन्तर्गत अहिले सम्म ६ खेल खेलिसकेको छ जसमा दुईमा जीत तथा चारमा हार व्यहोरेको छ ।
नेपालले चाईनीज ताईपेईमाथि दुबै जीत हात पारेको थियो भने जोर्डन, अष्ट्रेलिया र कुवेतसँग पराजीत भएको थियो । अब जोर्डन र अष्ट्रेलियासँग नेपालले खेल्न बाँकी रहेको छ ।
नेपाल विश्वकपमा छनौट हुने संभावना क्षीण रहेको भए पनि एशिया कप छनौटको तेस्रो चरणमा पुग्ने संभावना भने रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी