ललिता निवासस्थित जग्गा प्रकरणमा मुछिएका ४९ जनाविरुद्ध २१ दिने सूचना प्रकाशित, जग्गा सरकारीकरण गरिँदै

ललिता निवासस्थित जग्गा प्रकरणमा मुछिएका ४९ जनाविरुद्ध २१ दिने सूचना प्रकाशित, जग्गा सरकारीकरण गरिँदै

  • आइतवार, जेष्ठ २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

काठमाडौं, जेठ २३ । भूमिसुधार तथा मालपोत कार्यालय, काठमाडौंले बालुवाटारको ललिता निवासस्थित जग्गा प्रकरणमा पुर्जा लिएका ४९ जना जग्गा धनीलाई २१ दिने अन्तिम सूचना जारी गरेको छ ।

आज गोरखापत्रमा सूचना प्रकाशित गर्दै मालपोत कार्यालयले २०७७ साल चैत २० को भूमिसुधार कार्यालयको आदेशअनुसार ती ४९ जनाको घरमा सूचना प्रकाशित गर्न जाँदा घर ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै पत्रिकामा २१ दिने सूचना जारी गरिएको जनाएको छ ।

मालपोत कार्यालयले जग्गाधनीलाई सो जग्गा सरकारको नाममा ल्याउनु नपर्ने कारण भए २१ दिनभित्र पेश गर्न भनेको छ । अब सम्बन्धित जग्गाधनीले २१ दिनभित्र जवाफ नदिए सो जग्गा सरकारको नाममा नामसारी हुने बताइएको छ ।

सूचनामा उल्लेखित विवरण अनुसार सो विवादित जग्गामध्ये सबैभन्दा धेरै जग्गा शोभाकान्त ढकालको नाममा छ । उनी र उनको परिवारको नामको २२ कित्तामा ३ हजार २ सय ७५ वर्गफिट जग्गा सरकारको नाममा गर्नुपर्ने कार्यालयको भनाइ छ ।

बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने मुख्य अभियुक्त ढकाल, रामकुमार सुवेदी, भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसहित ४९ जनाको नाममा यो सूचना जारी गरिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ