अब पेट्रोल प्रतिलिटर १ सय २५ रुपैयाँः डिजल, मट्टितेल र हवाई इन्धनको पनि मूल्यबढ्यो

अब पेट्रोल प्रतिलिटर १ सय २५ रुपैयाँः डिजल, मट्टितेल र हवाई इन्धनको पनि मूल्यबढ्यो

  • आइतवार, जेष्ठ २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

२३ जेष्ठ , काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि गरेको छ ।

शनिबार राति १२ बजेदेखि लागू हुने गरी तीनै पदार्थमा दुई रुपैयाँ मूल्य वृद्धि भएको प्रेस विज्ञप्ति जारी गर्दै निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । मूल्य बढेसँगै अब पेट्रोल १ सय २५, डिजल १ सय ८ र मट्टितेल र प्रतिलिटर ८० रूपैयाँ कायम भएको छ ।

निगमले एलपी ग्यासमा भने मूल्यवृद्धि गरेको छैन । निगमले पहिले कायम गरिएको मूल्यमा बिक्री गर्दा पनि निगमलाई पन्ध्र दिनमा १ अर्ब १० करोड घाटा भएपछि मूल्यवृद्धि गर्नुपरेको प्रवक्ता उपाध्यायले जानकारी दिनुभयो ।

यो मूल्य समायोजनपछि पनि निगममलाई पेट्रोलमा प्रतिलिटर ५ रूपैयाँ ३२ पैसा, डिजलमा ३ रूपैयाँ १७ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर २५८ रूपैयाँ ४६ पैसा घाटा हुने निगमको दाबी छ।

पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनकाे मूल्यवृद्धि

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ