वातावरण दिवसः नेपाल सहित पाँच देशमा एकसाथ वृक्षरोपण

वातावरण दिवसः नेपाल सहित पाँच देशमा एकसाथ वृक्षरोपण

  • शनिबार, जेष्ठ २२, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

विश्व वातावरण दिवसका अवसरमा नेपाल, भारत, बंगलादेश, भुटान र म्यान्माका विभिन्न भागमा वृक्षरोपण गरी कार्यक्रम सम्पन्न भएको छ । वरिष्ठ अभिनेत्री करिष्मा मानन्धरले आज वृक्षरोपण गरी यो अभियानको शुभारम्भ गर्नुभएको हो । ‘दक्षिण एशियन टिम’ नामक स्वयंसेवी अभियानले सन् २००८ देखि विश्व वातावरण दिवसका अवसरमा यो कार्यक्रम गर्दै आएको टोली संयोजक चक्रबहादुर चन्दले राससलाई जानकारी दिनुभयो ।

अभियानले अन्र्तराष्टिय दिवसमा स्थानीय संस्थासँग मिलेर कार्यक्रम गर्दै आएको छ । देशअनुसार विभिन्न देशले आतिथ्य गर्ने कार्यक्रमलाई यसपटक नेपालले संयोजन गर्ने जिम्मेवारी पाएको थियो । नेपालमा मेची महाकाली सफाइ अभियानको संयोजनमा वृक्षरोपण गरिएको हो ।

सुदूरपश्चिम प्रदेशको चार स्थानमा कर्णाली प्रदेशका तीन स्थानमा लुम्बिनी प्रदेशको छ स्थानमा, गण्डकी प्रदेशका पाँच स्थानमा बाग्मती प्रदेशको सात स्थानमा प्रदेश दुईको आठ स्थानमा प्रदेश एकको बाह्र स्थानमा बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । भारतमा दक्षिण एशियन टिमको आयोजना र कालिम्पोङ सेवा फाउण्डेशनको संयुक्त आयोजनामा भारतको सोह्र स्थानमा बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।
सिक्किममा अभिनेत्री रुश्मा राईले वृक्षरोपण गर्नुभएको छ । दक्षिण एशियन टिमका आयोजनामा बंगलादेश, भुटान र म्यान्मारमा समेत बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । यस अभियानका लागि बिभिन्न कलाकारले पनि बृक्षरोपण गर्ने र नागरिकलाई समेत बृक्षरोपण गर्न सामाजिक संजालबाट अपील समेत गरेका थिए ।
यूवा अभिनेता पुष्प खड्काले गृहजिल्ला कैलालीमा बृक्षरोपण गरेका छन् । यो अभियान आज विविध कार्यक्रम गरी मनाइएको छ । वातावरण जोगाउनुपर्छ भन्ने अभियानलाई जनजनमा लैजानु यसको मुख्य उद्देश्य रहेको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ