सिंहदरबारको सरकारमा जोडिएको ठाकुर समुहलाई जनकपुर सरकारबाट आउट गर्ने रणनीतिमा उपेन्द्र यादव

सिंहदरबारको सरकारमा जोडिएको ठाकुर समुहलाई जनकपुर सरकारबाट आउट गर्ने रणनीतिमा उपेन्द्र यादव

  • शनिबार, जेष्ठ २२, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

आफूले सोधेको स्पष्टीकरणको जवाफ दिनुको सट्टा बालुवाटारमा सम्झौता गरी महन्त ठाकुर र राजेन्द्र महतो समुह ओली सरकारको मन्त्री मण्डलमै गएपछि जसपा अध्यक्ष उपेन्द्र यादव ठाकुर समुहलाई प्रदेश सरकारबाट पाखा लगाउन जनकपुर पुगेका छन् ।
जसपा प्रदेश २ को सबै भन्दा ठुलो दल हो । त्यो भित्र पनि उपेन्द्र यादव नेतृत्वको पूर्व सपाको ३२ सिट रहेको छ भने ठाकुर समुहको २३ सिट रहेको छ ।
आफूले ठाकुर महतो सहित कार्बाही गरेका समेत १० जनालाई ओलीले मन्त्री बनाईदिएपछि यादव शुक्रबार साँझ नै जनपुर पुगेका छन् ।
प्रदेश २ को मुख्यमन्त्री लाल बहादुर राउत उपेन्द्र यादवकै समहुमा छन् । उनले अहिले आफ्नो पार्टीका मन्त्रीहरुसँग परामर्श गरी, काँग्रेस, माओवादी र एमाले माधव नेपाल समुहका नेताहरुसँग समेत परामर्श गर्ने तयारी गरेको बुझिएको छ ।
अहिले तत्कालीन राजपा र समाजवादी पार्टी मिलेर जसपाले सरकारको नेतृत्व गरिरहेको छ । प्रदेश २ का १ सय ७ सांसद छन् । त्यसमध्ये तत्कालीन सपा ३०, राजपा २५, नेकपा २१, काग्रेस १९, माओवादी केन्द्र ११ र रिजवान अन्सारी नेतृत्वको समाजवादी पार्टी १ गरी एक सय ७ जना सांसद छन् ।

राजपाका एक सभामुख भएपछि बहुमतको सरकारका लागि ५४ जना आवश्यक छ । मुख्यमन्त्री राउत अहिले बहुमतका मुख्यमन्त्री हुन् । तर, अहिले उक्त संख्या हेरफेर भएको छ । माओवादी केन्द्रले आफ्ना तीनजना सांसदलाई कारबाही गरेपछि सभामा उसको आठजना सांसद मात्रै छ ।

त्यसैगरी, राजपाका २५ मध्ये २३ जना मात्रै छन् । दुईजना उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामनरेश राय यादव र सामाजिक विकासमन्त्री नवलकिशोर साहले राजपा छाडेर उपेन्द्र यादव समूहमा लागेका छन् । त्यसैगरी, नेकपा एमालेमा कुल २१ जना सांसद रहेकोमा १३ सांसदसहित नेपाल–खनाल समूह बहुमतमा छ भने ओली पक्षमा आठजना मात्र छन् । खनाल–नेपाल समूहका संसदीय दलको नेता शत्रुधन महतो रहेका छन् ।
सकेसम्म ठाकुर समुह छाडेर आएमा मन्त्रीहरु जोगाउने अन्यथा उनीहरुलाई हटाएर अन्य दलको समर्थन लिएर अघि बढ्ने तयारीका साथ यादव जनकपुर पुगेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ