१२ जना नयाँ मन्त्री थपे पनि गृह र रक्षा मन्त्रालय अरुलाई नदिई आफैले राखे ओलीले, यी हुन् नयाँ मन्त्रीहरु

१२ जना नयाँ मन्त्री थपे पनि गृह र रक्षा मन्त्रालय अरुलाई नदिई आफैले राखे ओलीले, यी हुन् नयाँ मन्त्रीहरु

  • शुक्रबार, जेष्ठ २१, २०७८
  • मिर्मिरे अनलाइन

  • 14.9K
    SHARES

संसद विघटन र निर्वाचनको घोषणा पछि स्वतः काम चलाउ सरकारमा परिणत भएको प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा नयाँ १२ जना मन्त्रीहरु नियुक्त भएका छन् ।
आफ्नै पार्टी भित्र भाँडभैलो भएका बेला प्रधानमन्त्री ओलीले आज जसपाको ठाकुर महतो समुहका १० सहित १२ नयाँ मन्त्री नियुक्त गरेका छन् ।
आजै एमालेका ईश्वर पोखरेल, प्रदीप ज्ञवाली सहित १३ मन्त्री आउट भएका छन् ।
यति धेरै मन्त्री नियुक्त गर्दा समेत प्रधानमन्त्री ओलीले रक्षा र गृहमन्त्रालय भने आफैसँग राखेका छन् ।
यस अघि रक्षा मन्त्री ईश्वर पोखरेल थिए । उनलाई हटाएर आफैले यो मन्त्रालय सम्हालेका प्रधानमन्त्रीले जेठ ६ गते सर्वोच्चको आदेश अनुसार पूर्व माओवादी समुहका तर्फबाट राम बहादुर थापाले सम्हालेको गृहमन्त्रालय पनि प्रधानमन्त्री स्वयंले राखेका छन् ।
एमाले महासचिव ईश्वर पोखरेलसहित ९ मन्त्री र तीन राज्यमन्त्री बाहिरिएका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, संस्कृति पर्यटन तथा नागरिकमन्त्री भानुभक्त ढकाल, कृषि तथा पशुपक्षी विकासमन्त्री पद्‍माकुमारी अर्याल, सञ्चारमन्त्री र्पावत गुरुङ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा। शिवमाया तुम्बाहाम्फे विदा भएका छन् ।

यस्तै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश गठुन्ना, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो पनि विदा भएका छन् ।

स्वास्थ्य राज्यमन्त्री नवराज राउत, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र उद्योग राज्यमन्त्री विमला विक पनि सरकारबाट विदा भएका छन् ।
यसै गरी चार मन्त्रीलाई भने प्रधानमन्त्री ओलीले कायमै राखेका छन् । अर्थमन्त्री पौडेलसँगै भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र कानूनमन्त्री लीलानाथ श्रेष्ठलाई भने निरन्तरता दिइएको छ ।

जसपाबाट यी भए मन्त्री
जसपाबाट उपप्रधानमन्त्री महतोसहित ८ मन्त्री र दुई राज्यमन्त्री छन् । शरदसिंह भण्डारी उर्जा, जलस्रोत तथा सिचाई मन्त्री बन्दा अनिलकुमार झाले खानेपानी र लक्ष्मणलाल कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यस्तै विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा र उमाशंकर अरगरिया वन तथा वातावरण मन्त्री बन्दा चन्दा चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकवाल मियालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
सत्तारुढ एमालेबाट शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका छन् । जसपाबाट चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री नियुक्त भएकी छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ