चाईनिज ताईपेई बिरुद्ध नेपालको सहज जीत, एशिया कपमा छनौटको संभावना जीवित

चाईनिज ताईपेई बिरुद्ध नेपालको सहज जीत, एशिया कपमा छनौटको संभावना जीवित

  • बिहिबार, जेष्ठ २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोट खेलमा आज नेपालले चाइनिज ताइपेईमाथि दुई शुन्यको सहज जीत निकालेको छ ।
कुवेतमा भएको खेलमा नेपालले पहिलो चौथो मिनेटमै अग्रता बनायो । विपक्षी खेलाडीको हातमा डिबक्स भित्र बलले लागेपछि पाएको पेनाल्टी अवसरमा कुनै गल्ती नगरी अन्जन विष्टले गोल गरे ।
त्यसपछि सब्सिटीच्युटका रुपमा मैदानमा प्रवेश गरेका नवयुग श्रेष्ठले ८२ औं मिनेटमा आकर्षक गोल गर्दै जीत सुनिश्चित गरेका थिए ।
यस अघि ताईपेईलाई उसैको घरेलु मैदानमा पनि नेपालले दुई शुन्यले पाखा लगाएको थियो ।
यो जीत सँगै कुल ६ खेलमा नेपालको दुई जीत सहित ६ अंक भएको छ भने चार खेलमा हार व्यहोरोको छ ।
फिफा बरियतामा ताइपेई १४१ औँ स्थानमा छ भने नेपाल १७१ औँ स्थानमा छ ।
विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने नेपालको सम्भावना सकिए पनि एसियन कपको तेस्रो चरण पुग्नका लागि भने ताइपेईसितको खेल महत्वपूर्ण रहेको थियो । यो जीतसँगै नेपाल एशिया कप छनौटको तेस्रो चरणमा प्रवेश गर्न सफल भएको छ ।

समूहको शीर्ष स्थानमा १२ अङ्कका साथ अस्ट्रेलिया छ भने दोस्रो स्थानमा १० अङ्कसहित कुवेत तथा १० अङ्कका साथ जोर्डन तेस्रो स्थानमा छ ।
नेपालले दोस्रो खेल जेठ २४ गते जोर्डनसित तथा तेस्रो खेल जेठ २८ गते अष्ट्रेलियासँग खेल्ने छ । नेपाली टोलीको प्रशिक्षकमा अब्दुल्लाह अल्मुताइरी रहेका छन् । उनको आक्रामण रणनीतिका कारण नेपालले आज जीत हासिल गर्यो । उनी प्रशिक्षक भए पछि नेपालको यो पहिलो औपचारीक खेल र जीत हो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ