असार १ देखि मेलम्चीको पानी नआउने, सुरुङको पुनः परीक्षण गरिने

असार १ देखि मेलम्चीको पानी नआउने, सुरुङको पुनः परीक्षण गरिने

  • बिहिबार, जेष्ठ २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 17.3K
    SHARES

आउदो असार १ गतेदेखि मेलम्चीको पानी फेरी उपभोक्ताहरुको धारामा नआउने भएको छ । मेलम्ची खानेपानी आयोजनाको पानी झन्डै एक महिना काठमाडौंमा आउने छैन ।
सुरूङ परीक्षणका लागि पानी बन्द गर्ने तयारी भएको आयोजनाले जनाएको छ ।
हाल सम्म आएको मेलम्चीको पानी परीक्षणकै रुपमा आएको थियो । तीन महिने परीक्षण सकिएकाले अब सुरुङको परीक्षण गर्ने तयारी भएको छ ।

सुरूमा पानी परीक्षण गरिएको फागुन १० गतेबाट हो। असार १ गतेदेखि सुरूङ खाली गर्न सुरू गरिने छ । सुरुङमा पानी सुकाएर पुनः परीक्षण गर्न जम्मा एक महिना जति समय लाग्ने र सो अवधिभर पानी बन्द रहनेछ । ठेक्का सम्झौता अनुसार सुरूङमा समस्या रहेको देखिए निर्माण कम्पनीले नै मर्मत गर्नुपर्ने प्रावधान छ। काठमाण्डौमा दैनिक १७ करोड लिटर पानी मेलम्चिबाट आइरहेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ