जेठ २०, काठमाडौं । सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत आज नेपालले चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्दैछ ।
कुवेतको राजधानी कुवेत सिटीमा नेपालले ताईपेसँग नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु प्रतिस्पर्धा गर्ने छ ।
ताईपेइविरुद्ध मैदान उत्रदा नेपाल स्पस्ट जितको खोजीमा हुनेछ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले ताईपेविरुद्ध नेपालको लक्ष्य जित मात्र भएको बताएका छन् ।
ुछनोटको चौंथो स्थानमा रहेर एसियन कपमा छनोट हुने मौका कायम राख्न चाहन्छौं । त्यसैले खेल जित्न चाहन्छौ उनले भने ।
नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ । तर नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसिया छनोटको तेस्रो चरणमा स्थान बनाउने सुनौलो अवसर रहेको छ ।
समूह ुबीु मा नेपाल ५ खेलबाट १ जित सहित ४ हार ब्यहोर्दै चौथो स्थानमा रहँदा ताईपे ५ खेलबाट अंक विहीन हुदै तालिकाको पुछारमा छ ।
४ खेलबाट शत प्रतिशत १२ अंक जोडेको अष्ट्रेलिया पहिलो स्थानमा छ । ५ खेलबाट समान १० अंक बनाएका कुवेत र जोर्डन गोल अन्तरका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।
चाईनिज ताईपेविरुद्धको हेड टु हेडमा भने नेपाल बलियो देखिएको छ । नेपाल र ताइपे अहिलेसम्म दुई पटक भिडेका छन् ।
पहिलो भेट बराबरमा सकिएको थियो भने दोस्रो भेटमा नेपालले २–० को बाजी मारेको थियो ।
ताइपेका प्रशिक्षक भोम का हुमले नेपालसँगको खेलमा मौषमको चुनौती सबैभन्दा बढी भएको बताए ।
ुयहाँको मौषम अनुकुल हुन कठिन भईरहेको छ । र, हाम्रो लागि मुख्य चुनौती मौषम हो ।ु उनले भने ।
प्रशिक्षक भोमले टिमको मुख्य खेलाडीहरु कोरोनाको कारणले टिममा सामेल नभएको तर नयाँ खेलाडीले आफुलाई प्रमाणित गर्ने समेत बताए ।
ताइपेपछि नेपालले जेठ २५ मा जोर्डन र २८ मा एसियाली पावर हाउस अष्ट्रेलियाको सामना गर्नेछ ।
कोरोना महामारीकाको कारण नेपालले आफ्ना तीन होम खेल कुवेतमा खेल्न लागेको हो ।