जेठ १९, काठमाडौं । दुई दिन लगातार घटेको शेयर बजार आज फेरी उकालो लागेको छ ।
आज ५५ दशमलव ७६ अंक बढेर २ हजार ८२७ दशमलव १२ विन्दुमा पुगेर बन्द भएको नेप्सेले जनाएको छ। यस दिन बजार १ हजार ७७१ दशमलव ६२ विन्दुसम्म झरेर उकालो लागेको हो । उता, सेन्सेटिभ इन्डेक्स भने ७ दशमलव ८३ अंक अर्थात् १ दशमलव ५७ प्रतिशत बढेर ५०५ दशमलव १५ विन्दुमा पुगेको छ ।
आइतवार हालसम्मकै उच्च २ हजार ८२७ दशमलव ९३ मा पुगेर बजार सोमवारदेखि निरन्तर घटेको थियो । पछिल्लो समय शेयर खरीदको माग बढीरहेको अवस्थामा यो दुई दिन भने विक्री चाप बढ्नाले नाफा बुक गर्ने सक्रिय भएको उनिहरु बताउँछन् ।
बुधवार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । आज ११ अर्ब ३५ करोड १८ लाख १५ हजार बराबरको २ करोड २६ लाख १३ हजार २९ कित्ता शेयर कारोबार भएको छ । मं
यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक रू १ अर्ब ३७ करोड ८७ लाख ९० हजार बराबरको शेयर कारोबार भएको छ । यो दिन कम्पनीको शेयरमूल्य पनि ९ दशमलव ७५ प्रतिशतले बढेको छ । प्रतिकित्ता रू. १५९ ले बढेर कम्पनीको अन्तिम शेयरमूल्य रू. १ हजार ७९० पुगेको हो ।
बुधवारको बजारबाट वित्त र विकास बैंकका शेयरधनीहरुले सर्वाधिक कमाएका छन् । यस दिन वित्त समूहको परिसूचक सर्वाधिक ७ दशमलव ९१ प्रतिशत र विकास बैंक समूहको सर्वाधिक दोस्रोमा ६ दशमलव १३ प्रतिशत बढेको छ ।
त्यस्तै बैंकिङ्गको शून्य दशमलव ४८ प्रतिशत, व्यापारिकको शून्य दशमलव ३६ प्रतिशत, होटल्स तथा पर्यटन समूहको २ दशमलव ६९ प्रतिशत, जलविद्युतको २ दशमलव ८६ प्रतिशतले बढेको छ ।
यसैगरी निर्जीवन बीमाको ३ दशमलव ३४ प्रतिशत, उत्पादन तथा प्रशोधनको २ दशमलव ३९ प्रतिशत, अन्यको ५ दशमलव २४ प्रतिशत, लघुवित्तको १ दशमलव ३ प्रतिशत, जीवन बीमाको २ दशमलव शून्य ८ प्रतिशत र लगानी समूहको शून्य दशमलव ९२ प्रतिशत परिसूचक बढेको छ । यस दिन म्युचुअल फण्डको परिसूचक भने शून्य दशमलव १२ प्रतिशत घटेको छ ।