ओलम्पिक गेम्सको लागि पहिलो टोली जापान पुग्यो

ओलम्पिक गेम्सको लागि पहिलो टोली जापान पुग्यो

  • बुधबार, जेष्ठ १९, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

१९ जेष्ठ, एजेन्सी । ओलम्पिक गेम्सको लागि खेलाडीहरुको पहिलो टोली टोकियो पुगेको छ ।

जापानमा हुन गईरहेको गेम्सका सहभागी हुन अष्ट्रेलियाको महिला सफ्ट बल टिम हिजो टोकियो पुगेको हो । ओलम्पिक आयोजकका अनुसार टोकियो ओलम्पिकको लागि जापान पुग्ने यो पहिलो टोली बनेको छ ।

जुलाई १७ मा एथ्लेट भिलेजमा प्रवेश गर्नुअघि अष्ट्रेलियन सफ्ट बल टिमले जापानकै ओता शहरमा बन्द प्रशिक्षण गर्नेछ । टोकियो ओलम्पिक आगामि जुलाई २३ तारिखमा सुरु हुँदैछ ।

जापानमा टोकियो सहितका धेरै प्रान्तहरुमा कोरोना संक्रमणको कारण हाल स्वास्थ्य संकटकाल लगाईएको छ । तर पनि ओलम्पिक खेल भने रोकिएको छैन ।

अघिल्लो वर्ष हुनुपर्ने टोकियो ओलम्पिक कोरोना महामारीकै कारण एक वर्ष पछि धकेलिएको हो । ओलम्पिक गर्ने कि नगर्ने भन्ने विषयमा जापानका नागरिकहरु विभाजित छन् । जापानमा १ सय ५ वटा नगरपालिकाले विदेशी टिमलाई स्वागत गर्ने पूर्व निर्धारित कार्यक्रमहरु स्थगित गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ