जेठ १८ काठमाण्डौं । नेपालमा आज ६ हजार ८५ जना कोरोना संक्रमित थपिएका छन् । यो हिजोको तुलनामा बढी हो । २०१६५ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै कुल संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ ।
यसै गरी आज ६ हजार ८९८ जना डिस्चार्ज भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ ।
आज तुलनात्मक रुपमा मृतकको संख्या भने कम भएको छ । आज ६८ जनाको ज्यान गएको छ । यो सँगै कुल मृतकको संख्या ७ हजार ४५४ जना पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline