चीनले अनुदानमा दिएको ८ लाख कोरोनाको खोप काठमाण्डौ आईपुग्यो

चीनले अनुदानमा दिएको ८ लाख कोरोनाको खोप काठमाण्डौ आईपुग्यो

  • मङ्लबार, जेष्ठ १८, २०७८
  • मिर्मिरे अनलाइन

  • 17.6K
    SHARES

काठमाडौं जेठ १८ । चीन सरकारले अनुदानमा दिएको आठ लाख डोज खोप काठमाण्डौ आईपुगेको छ । सो खोप लिएर नेपाल वायुसेवा निगमको ए ३३ वाइडबडी मंगलबार अपरान्ह काठमाडौं आइपुगेको छ।
चीनले अनुदानमा प्रदान गर्ने घोषणा गरेको १० लाखमध्ये ८ लाख भेरोसेल खोप लिएर उक्त जहाज मंगलबार अपरान्ह काठमाडौं अवतरण गराईएको हो । उक्त भेरोसेल खोप एक पटक पनि खोप नलगाएका नागरिकलाई दिइने योजना स्वास्थ्य मन्त्रालयले बनाएको छ।चीनबाट आउने खोप लगाउने प्राथमिकतामा शिक्षक, सार्वजनिक सवारीका चालकलगायत रहेका छन् ।

जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सि जिङपिङसँगको टेलिफोन वार्तामा गरेको आग्रहअनुसार उक्त खोप नेपाल आउन लागेको हो। यसअघि पनि चीनले ८ लाख भरोसेल खोप दिएको थियो।
थप दुई लाख डोज खोप हिमालयन एयरलाईन्सले निशुल्क रुपमा काठमाण्डौ ल्याइदिने भएको छ ।
चीनले हाल सम्म नेपाललाई १८ लाख कोरोनाको खोप प्रदान गरीसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ